Breaking News
Home / शिक्षा / लायन्स क्लब द्वारा विद्यालय सरसफाइ शुरू

लायन्स क्लब द्वारा विद्यालय सरसफाइ शुरू

लायन्स क्लब अफ निजगढ पिसको आयाजनामा विद्यालय सरसफाइ तथा  वातावरणमैत्री अभियान शुरू भएको छ । निजगढ–८ स्थित गौरीशंकर उच्च माविमा शुक्रवार सो अभियान शुरू भएका हो  ।

कार्यक्रममा प्रमुख अतिथि निजगढ नगरपालिकाका कार्यकारी अधिकृत विमलकुमार पोखरेलले मानिसले नै जथाभावी फाहोर गर्ने भएकाले  त्यसको उचित व्यवस्थापन पनि   हामी मानिसले नै गर्नु पर्ने समेत बताए  । नगरपालिकाको सहयोगमा  क्लबले फोहोर राख्ने  डस्टबिन र क्लबले साबुन उपलब्ध गराएको थियो ।   कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण नेपाल, प्रचार्य  सुर्दशुन प्रसाद  कोइराला, अभिभावक केदार  प्रसाद  गौतम लगायतले बोलेका थिए । लायन्स क्लब अफ निजगढ पिसका अध्यक्ष बलराम तिमल्सिनाको सभापतित्वमा सम्पन्न  गरेका थिए । कायक्रममा विद्यार्थी  , शिक्षक, अभिभावकहरु,  लायन्सकर्मीहरूको उपस्थित थियो ।

nijgadh lions peace cleaning

nijgadh lions peace cleaning programme

Biraj paints Nijgadh 9855021190

About Nijgadh.com