Breaking News
Home / शिक्षा / गौरीशंकार उच्च माविका विद्यार्थी खाली घण्टीमा पुस्तकालयमा रमाउदै

गौरीशंकार उच्च माविका विद्यार्थी खाली घण्टीमा पुस्तकालयमा रमाउदै

nijgadh Gs students reading

जीतलाल श्रेष्ठ

निजगढ, ०९ माघ ।

कक्षामा खाली घण्टी हुने बिक्तीकै पुस्तकालयमा रमाउन ब्यस्त हुन्छन्—निजगढ नगरपालिका ८ स्थित गौरीशंकार उच्च माविका विद्यार्थीहरु । पुस्तकालय सञ्चालनका बेला योजनानुसारको विकास, विस्तार गर्न नसकेपनि यस भेगको नमुना बनेको छ—यस गौरीशंकर पुस्तकालय ।

पुस्तकालयमा दर्जनौं पुस्तक छन् । पत्र पत्रिका, बाल साहित्य, विभिन्न लेखकका कृतिका पुस्तकहरु छन् । पुस्तकालयमा आउने अरु धेरैले आफ्ना रुची अनुसारका किताब अध्यायन गर्छन् । कतिले घरैमा लगेरपनि पुस्तक पढ्ने गरेको पुस्तकालय फाट सम्हाल्दै आउनु भएका शिक्षक प्रल्लाहद रिमालले बताए । लिजर घण्टी र समय निकालेर समयको सदुपयोग गर्न दैनिक ३÷४ सय विद्यार्थीहरु आउने, अध्यायन गर्ने गरेको शिक्षक रिमालले जानकारी दिए ।

राम्ररी अक्षर पढ्न सक्ने उमेरका कक्षामा घण्टी लिजर हुने बिक्तीकै अधिकांश विद्यार्थीहरु पुस्तकालय भित्री बसी अध्यायन गर्न मा नैं रमाउने गर्छन् । बसेर वा उठेर पढ्नका लागि कार्पेट, बेन्च, कूर्सीको राम्रो ब्यवस्था विद्यालयले मिलाएको छ । घण्टी लिजर र समय निकालेर यहा आउछौं —कक्षा ८ मा अध्यायनरत महेश लामा र ज्ञानबहादुर तामाङ्गले भने ।

ति मध्ये ३० देखि ५० जना विद्यार्थीले दैनिक घरैमा पुस्तक अध्यायन गर्न लैजाने गरेको पुस्तकालयको रेकर्डले देखाएको छ । कथा, कविता, मुक्तक, चुटकिला, साहित्य, खेल समाचार, समसमायिक राजनीति ज्ञानवद्र्धक मनोरञ्जनात्मक किसिमका लेख रचनाहरु भएका पुस्तक, पत्रपत्रिका, जीवनी यस पुस्तकालयमा राखेका छन् । विद्यालयको स्तरोन्नती हुने क्रममा १० जोड दुई अर्थात् प्लस टु भएसंगै विद्यालयले एउटा कोठामा ०५४ सालमा पुस्तकालय सञ्चालन गरेको हो ।

त्यस अघि विद्यालयमा विभिन्न खाले पुस्तक रहेपनि त्यती ब्यवस्थित हुन सकेको थिएन् । पुस्तकालय निर्माणका लागि ०६४ सालमा लायन्स क्लव निजगढको सक्रियतामा रुम टु रिड नामक एक संस्थाबाट केही रकम जुटाएपछि ब्यवस्थित पुस्तकालयको रुपमा यस पुस्तकालयको विकास भएको हो । पुस्तकालय भवन निर्माणका लागि रुम टु रिडबाट ३ लाख भन्दा बढी रकम उपलब्ध भएको क्लबका तत्कालिन जोन चियरमेन एंव युवासमाजसेवी प्रभात कुमार सिग्देलले जानकारी दिए । यस पुस्तकालयलाई सेन्टर लाईबेरीको रुपमा विस्तार गर्ने योजना रहेपनि अहिले सम्म सार्थकता पाउन नसकेको सिग्देलले दुः खेसो पोखें ।

सहयोगी हात लायन्स क्लव एउटा माध्याम मात्र हो । बा“की सक्रियता, निरन्तरता विद्यालय नैं हुनु पर्छ । तर् सो अनुरुप हुन नसक्दा यो पुस्तकालय सिमित घेरामा मात्र रहेको सिग्देलले बताए । ‘यस पुस्तकालयमा अध्यायनका लागि विद्यार्थी बाहेकका जो कोही पनि आउन सक्छन् । कसैलाई रोकछेक गरेका भने छैनौं’—पुस्तकालय रेखदेंखमा खटिएका शिक्षक रिमालले भने । ‘विद्यार्थी बाहेक जो कोही पनि आउन अध्यायन गर्न सक्छन् । बेलाबेलामा आउने गर्छन’—उनले थपे ।

लायन्स क्लव निजगढको सक्रियतामा पुस्तकालय भवन निर्माणसंगै ब्यवस्थित गर्न सकिएको विद्यालयका प्रार्चाय सुर्दशन कोइरालाले स्वीकारे । ‘विद्यार्थीहरुमा रुचीनुसारको पुस्तक अध्यायन गर्ने बानीको विकास भएको छ’—प्रार्चाय कोइरालले थपें । पुस्ताकालयका लागि विद्यलाय परिसरमा नैं आर्कषक छुट्टै पुस्तकालय भवन छ ।

दर्जनौं पुस्तक सजाएर राखिएको छ । पुस्तकालय सञ्चालनपछि बाहिरी ज्ञानगुन समेत विद्यार्थीहरुले बटुली रहेको शिक्षकहरु बताउछन् ।

 

Biraj paints Nijgadh 9855021190

About Nijgadh.com