Breaking News
Home / शिक्षा / भुकम्पका कारण पठनपाठनमा समस्या झन धराप भए विद्यालय भवन

भुकम्पका कारण पठनपाठनमा समस्या झन धराप भए विद्यालय भवन

Nijgadh gaurishankar high school damaged due to Earthquake in Nepal

Nijgadh gaurishankar high school damaged due to Earthquake in Nepal

jitlal shrestha nijgadh bara tv online journalist

जीतलाल श्रेष्ठ

निजगढ, ०९ फाल्गुन ।

विद्या आर्जन गर्ने विद्यालय भवनहरु अहिले विद्यार्थीहरुका लागि धरापमा परिणत भएको छ ।

पुराना संरचनाका भवनहरु मात्र होईनन् । ईन्जिनियरि¨ विधीसंगै प्राविधीकका सल्लाह, सुझाव विना नैं निर्माण गरेका नया“ भवनहरुले पनि उत्तिकै जोखिम पुर्याई रहेको छ ।

निजगढ नगरपालिका ८ स्थित गौरीशंकर उच्च माविको पुरानो भवनपनि धरापमा परिणत भएको छ । कूनबेला ढल्ने हो । केही ठेगान छैन् । त्यसैले विद्यालय प्रशासन, विद्यालय ब्यवस्थापन समितिले पुरानो संरचनाको दुई तल्ले पक्की भवनलाई खतराको सुचीमा राखी विद्यालयको कोठामा प्रवेश निषेध मात्र हैन् । यसको वरिपरी नैं नजान ठाँउ ठाँउमा रातो झण्डा र खतराको संकेत गरेका छन् ।

पुरानैं संरचनाको त्यस दुई तल्ले विद्यालय भवनको कक्षा कोठामा करिब ९ सय जना विद्यार्थी पठन पाठन गर्दै आई रहेको विद्यालय प्रशासनले जनाएको छ । गत वैशाख १२ गते र २९ गते आएको भुकम्पको झड्काले प्रायः सवै कोठाको भित्ता बस्नै नहुने गरि चर्काइ दिएको छ । ‘विद्यालयको कक्षा कोठामा मात्र हैन् । त्यसको वरिपरी नैं जान डर मर्नु छ’ — विद्यालयका प्रार्चाय सुर्दशन कोइरालाले दुःखेसो पोखें ।

कक्षा कोठा अभावमा विद्यालयले बिहान र दिउ“सोको पढाई शुरु गरेको छ । भवनको माथिल्लो सबै तल्ला धराप छन् । भुकम्पका साना झट्का र ठुलो हावा हुरिले पनि भवन ढल्ने खतरा बढेको छ । नया“ संरचनामा सबै विद्यार्थी अटाउदैन् । भुकम्पको प्राकृतिक विपक्तिले पिडा दिएको हो ।

त्यसैगरि निजगढस्थित नेत्रोदय माविको कक्षा कोठाहरुपनि भुकम्पकै कारण चर्किएको विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष रामबहादुर माझीले बताए । विकल्पमा रहेको दुई वटा भूई तल्ले भवनमा जसोतसो विद्यार्थीलाई पढाउदै आएको ब्यवस्थापन समितिका अध्यक्ष माझीले भने । वर्षा याम नजिकैदैछ । कसरी पढाईलाई निरन्तरता दिने अहिले सम्म करिब ४ सय विद्यार्थी छन् । भर्ना हुने क्रम जारी नै छ । भवनको बाहिरी, भित्री गारो दर्जनौं ठा“उमा नराम्री चर्किएको छ ।

‘बेला बेलामा भुकम्प जादैछ । पराकम्पन पनि आउने क्रम जारी नैं छ । जानी जानी धरापमा राखेर कसरी पढाउने’ —शिक्षकहरु भन्छन् । त्यसै गरि सार्वजनिक माविको पुरापनो भवनको माथिल्लो तल्लामा भुकम्पकै कारण क्षती पुगेको विद्यालयका प्रअ हस्तबहादुर बलले बताए । ‘

पुनः भुकम्पको धक्का आए भवन धराप बन्ने सक्छ’ — प्रअ बलले भने । निजगढ नगरपालिका भित्रका अन्य विद्यालय भवनहरु पनि क्षती पुगेको जानकारी प्राप्त छ ।

 

Biraj paints Nijgadh 9855021190

About Nijgadh.com