Breaking News
Home / खेलकुद / बारा युथ एकेडेमी द्वारा काठमाडौलाई ५ गोल

बारा युथ एकेडेमी द्वारा काठमाडौलाई ५ गोल

nijgadh goldcupजितलाल श्रेष्ठ , निजगढ, ११ फागुन
निजगढमा जारी शहीद हीरालाल स्मृति तेस्रो गोल्डकप फुटबल प्रतियोगिताको सोमवार भएको तेस्रो खेलमा बारा युथ
एकेडेमी विजयी भएको छ ।

एबिसी काठमाडौलाई ० का विरुद्ध ५ गो ल गरी फराकिलो गोल अन्तरले बारा युथएकेडेमी विजयी भएको हो । खेलको २६ र ६७ औ मिनेटमा विजेता टिमका जर्सीनं. ८ का अक्षय कुमरले १/१ गोल गरी कुल २ गोल बनाए । त्यसै गरी सोही टिमका जर्सीनं. १० का अध्यपक कुमरले ४६ र ५४ औमिने टमा गो ल गरी ४ गोलले आफ्नो टिम लाई अग्रता दिलाए । खेलको अन्तिम चरणको ७१ औ मिनेटमा बारा युथ एकेडेमीकै  जर्सीनं .१६ का चन्दन चौधरीले १ गो ल थपी टिमलाई ० का विरुद्ध ५ गोलको  पराकिलो अन्तरले विजयी गराए । विजे ता टिमका २/२ गोल गर्ने खेलाडी अक्षय र अध्यपक खेल अवधिमा नै बाहिरिएपछि उत्कृष्ट खेल प्रदर्शन बापत १ गोल गर्ने चन्दनलाई नै म्यान अफ दि म्याच घो षित गरिएको प्रतियोगिता आयो जक क्लबका सचिव पुरुषोत्तम भट्टराईले जानकारी दिए । उनलाई क्लबका संस्थापक सदस्य ते जप्र साद गौतमलेमे डल प्रदान गरे । मंगलवारको खेल वीरगंज युथ एकेडेमी र हेटौंडा ११ मकवानपुर हुने जनाएको छ ।

Biraj paints Nijgadh 9855021190

About Nijgadh.com