Breaking News
Home / खेलकुद / वीरगंज युथ एकेडेमी द्वारा गतिलो प्रहार हेटौडालाई २ गोल

वीरगंज युथ एकेडेमी द्वारा गतिलो प्रहार हेटौडालाई २ गोल

sahidhiralal goldcup at nijgadh bara

File Photo

jitlal shrestha nijgadh bara tv online journalistजितलाल श्रेष्ठ ११ फागुन

निजगढमा जारी शहीद हीरालाल स्मृति तेस्रो गोल्डकप फुटबल प्रतियोगिताको मंलवार भएको चौथो खेलमा वीरगंज युथ एकेडेमी विजयी भएको छ ।

हेटौ डा ११ मकवानपुरलाई १ का विरुद्ध २ गोल गरी वीरगंज युथ एकेडे मी विजयी भएको हो। खेल शुरु भएको चौथो मिनेटमा वीरगंज युथ एकेडे मीका जर्सीनं. ९ का सिसश थापाले पहिलो गो ल गरी खाता खोले । हेटौडा ११ का तर्फबाट ४८ औ मिनेटमा जर्सीनं. १२ का आशिष लामाले गो ल फर्काएका थिए । खे लको अन्तिम चरण ८३ औ  मिनेटमा वीरगंज युथ एकेडेमीका खे लाडी जर्सीनं. १२ का चतुर्ध न चौधरीले गोल थपे पछि सोही गोल निर्णायक बन्न पुग्यो ।

खेल अवधिभर उत्कृष्ट खेल प्रदर्शन गरेबापत वीरगंज युथ एकेडेमीका जर्सीनं. १२ का चतुर्धन चौधरीलाई नैंम्यान अफ दि म्याच घोषित गरिएको प्रतियोगिता आयोजक क्लबका सचिव पुरुषोत्तम भट्टराईले जानकारी दिए । उनलाई क्लबका संस्थापक उपाध्यक्ष सूर्यबहादुर थापालेमेडल प्रदान गरे। बुधवार सेमीफाइनल खेल आरएफसी चितवन र बारा युथ एकेडेमीबीच हुने जनाएको छ ।

Biraj paints Nijgadh 9855021190

About Nijgadh.com