Breaking News
Home / खेलकुद / शहिद हिरालाल स्मृति तेस्रो गोल्ड कपको फाईनलमा विरगंज युथ एेकेडिमीको जित

शहिद हिरालाल स्मृति तेस्रो गोल्ड कपको फाईनलमा विरगंज युथ एेकेडिमीको जित

जितलाल  श्रेष्ठ , १६ फागुन÷

निजगढमा सञ्चालन हुँदै आएकोशहीद हीरालाल स्मृति तेस्रो गोल्डकप फुटबल प्रतियोगिताको प्रथम उपाधि वीरगंज युथ एकेडेमीले जित्न सफल भएको छ ।

शनिवार भएकोप्र तियो गिताकोफाइनल खेलमा आरएफसी चितवनलाई ० का विरुद्ध ४ गोल गरी वीरगंज युथ एकेडेमी फराकिलो गोल अन्तरलेउपाधि हात पारे को हो । खेलको ७ औ मिनेटमा वीरगंज युथका जर्सीनं. १२ का चतुर्धन चौधरीले पहिलो गोलको खाता खोलेपछि उपविजेता आरएफसी चितवनका लागि गोलको वर्षा शुरू भएको थियो । खेलको १२ औ मिनेटमा

आरएफसी चितवन तर्फको डिबक्स भित्र सोही टिमका खेलाडीको ह्यान्ड भएपछि वीरगंज युथलाई पेनाल्टी प्रहार गर्ने  सुनौलो अवसर जुरेकोथियो। उक्त अवसरलाई वीरगंज युथका जर्सीनं. ११ का कृष्ण
शाक्यले प्रहार गरेको पेनाल्टी गोलमा परिणत हुन पुग्यो। उनले प्रहार गरेको बल गोलकीपरले सही अनुमान गर्न नसक्दा विपरीत दिशा तर्फ डाइभ हान्न पुगेका थिए ।

वीरगंज युथकैखे लाडी जर्सीनं . १८ का रामअयोध्या चौधरीले ३५ औ ंमिनेटमा गोल गरे। खेलको ४० औ ंमिनेटमा वीरगंज युथकैजर्सीनं. ११ का कृष्ण शाक्यलेअर्कोगोल थप्दै ० का विरुद्ध ४ गोलको फराकिलो अन्तरले आफ्नो क्लबलाई उपाधिका लागि अकाट्य दाबेदार बनाएको थियो। आरएफसी चितवनलेशुरूदेखि नै अपनाएकोअफसाइड रणनीतिलाई बुझ्दै वीरगंज युथले गोलको वर्षा गर्न सफल भएको हो । चारै गोल पहिलो हाफ मै ं भएको हो। खेलको दोस्रो हाफमा आरएफसी चितवन रक्षात्मकरूपमा प्रस्तुत भएपछि उसले एक गोल पनि थप्न सकेन । चितवनका खेलाडीलेप्रहार गरेका गतिला बललाईवीरगंज यु थका.जर्सीनं . १ का गोलकीपर जयराम चौधरीलेराम्ररी बचाव गरेका थिए । आजकोखे लमा

उत्कृष्ट खेल प्रदर्शन गरेबापत वीरगंज युथका गोलकीपर जयराम चौधरी ‘म्यान अफ दि म्याच’ घोषित भए ।

विजेता वीरगंज युथले ५० हजार नगद, मेडल, प्रमाणपत्र हात पार्यो भने उपविजेता आरएफसी चितवनले २५ हजार नगद, मेडल, प्रमाणपत्र प्राप्त गर्यो।

प्रतियोगिता अवधिभर उत्कृष्ट खेल प्रदर्शन गरेबापत वीरगंज युथका कृष्ण शाक्य र सर्वाधिक गोल गर्ने चपुर–११ रौतहटका राजु लामालाई ट्रफी प्रदान गरिएको थियो । प्रतियो गितामा मुख्य रेफ्री रियाजु लइस्लाम तथा सहायक रेफ्रिमा दधीर क्षेत्री, कृष्णमणि चौधरी र सानु मगरले भूमिका निभाएका थिए । प्रतियोगितामा ८ टिमले सहभागिता जनाएको आयो जक क्लबका सचिव पुरुषोत्तम भट्टराईले जानकारी दिए । प्रतियोगिताको सम्पूर्ण खेल निजगढ नगरपालिका–५ स्थित बागदेव स्थित खेल मैदानमा भएको थियो ।

प्रतियोगिता समापन सो गोल्डकप प्रतियोगिताको समापन पूर्व खेलकुदमन्त्री एवं बारा क्षेत्र नं . ६ का सांसद पुरुषोत्तम पौडेलले गरेका थिए । कार्यक्रममा प्रमु ख अतिथि पौडेललेराजनीतिक परिवर्त नका लागि ज्यानकोकुनै पर्वाह नगरी शहीद भएका गौतम लगायत अन्य शहीद, घाइते हरूको उच्च सम्मान र मूल्याड्ढन राज्यले गरिरहेको बताए ।  उनले निजगढकी यानकु मारी चौलागाईले सागमा रजत पदक जिते कोमा उनलाई बधाई समेत दिए ।

सोअवसरमा सं सदीय विकास कोषबाट निजगढस्थित हीरालाल खेल मैदान, सिमरा खेल मैदान र मनहर्वाखेल मैदानको स्तरोन्नतिका लागि १/१ लाख रुपैया उपलब्ध गराउने घोषणा समेत प्रमुख अतिथि पौडेलले गरे ।

कार्यक्रममा शहीद गौतमका पिता षडानन्द गौतम र शहीदपत्नी गायत्री गौतमको पनि उपस्थिति थियो ।

क्लबका अध्यक्ष थानेश्वर सापकोटाको सभातित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन गोविन्द प्रसाद गौतमले गरेका थिए ।

प्रतियोगिता अबधी भर निजगढ डटकमले लाईभ अपडेट गरेको थियो ।nijgadh hiralal cup finnal game

nijgadh hiralal cup finnal game2

nijgadh hiralal cup finnal game3

nijgadh hiralal cup finnal game4

Biraj paints Nijgadh 9855021190

About Nijgadh.com