Home / व्यापार / ठुलो दुर्घटना हुन पाएन निजगढ बकैयामा

ठुलो दुर्घटना हुन पाएन निजगढ बकैयामा

bus2

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाराको निजगढमा यात्रु बस दुर्घटनाग्रस्त भएको छ । सिन्धुलीबाट पोखरा जा“दै गरेको ना. ३ ख ५६१९ नम्बरको यात्रुवाहक बसको अगाडितर्फको दाहिनेपट्टिको स्प्रीङ पट्टा भा“चिंदा गुडिरहेको बस पुलमा झुन्डिन पुगेको हो ।

पुलको पूर्वतर्पm सडकको खाडलमा गाडीको चक्का परेपछि स्पीड्ड पट्टा भा“च्चिएको अनुमान अधिकांश प्रत्यक्षदर्शीहरूले गरेका छन् । बर्सेनि सडकमा दजर्न ा ंै गहिरा खाडल भएपनि सडक विभागले बेलैमा मर्मत गर्न चासो नदखोउद“ा दजर्नौ साना दघुर्टना भइरहको छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराले समेत सडक मर्मत सुधारका लागि सम्बन्धित निकायलाई बेलैमा झक्झक्याएको छैन । मध्यम गतिमा गुडिरहेको बसमा र हेका करिब ३५ यात्रुमध्ये १५ जना सामान्य घाइते भएका छन् । पुलको बीचमा नै बस झुन्डिएपछि पुलबाट आवतजावत बन्द भएको छ । सो सडक भएर गुड्ने यातायातका साधनहरू बकैया खोला बगर हद“ु ै गन्तव्यतिर लागके ा छन् । उक्त बसको आधा भाग झुन्डिएको छ । बसका यात्रुलाई सो पुलनजिकै रहेको सशस्त्र प्रहरी सुरक्षा बेस निजगढका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक मेघराज जोशीको कमान्डमा सकुशल उद्धार गरिएको थियो । यात्रुहरू ठूलो दुर्घटनाबाट जोगिएका छन् । बसको अगाडितर्पmको आधा भाग पुलमा झुन्डिएको सप्रनाउ जोशीले बताए । “बसका सबै यात्रु आत्तिएको अवस्थामा थिए । हामीले सावधानीपूर्वक यात्रुहरूको उद्धार गर्न सफल भयौं,” सप्रनाउ जोशीले भने । सामान्य घाइतेलाई स्थानीय मेडिकलमा लगिएको इप्रका निजगढका प्रनि गुरुप्रसाद तिम्सिनाले बताए । घटनाको जानकारी पाएपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय निजगढ बाराका प्रनि रमेश प्रधानसहितको प्रहरी टोली दुर्घटनास्थलमा खटेको छ । बसका चालक इप्रका निजगढको नियन्त्रणमा छन् । उक्त सडक खुलाउन प्रहरी सक्रिय रहे पनि राति ८ बजेसम्म पनि खुलाउन सकिएको छैन । सो दुर्घटना शुक्रवार सांझ करिब ६ बजे भएको हो ।

घटना भएको ३ मिनेट पछिको भिडियो हेरौ ।

 

Biraj paints Nijgadh 9855021190

About Nijgadh.com