Home / समाचार / निजगढ विमानस्थल र फास्ट ट्र्याक स्वदेशी लगानीमै बनाउन अर्थ समितिको निर्देशन

निजगढ विमानस्थल र फास्ट ट्र्याक स्वदेशी लगानीमै बनाउन अर्थ समितिको निर्देशन

 

nijgadh fast track airportअर्थ समितिको हिजो सिंहदरबारमा बसेको बैठकले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल र हटौंडा–काठमाडौं फास्टट्र्याक स्वदेशी लगानीमा नै बनाउन निर्देशन दिएको छ भन्दै कान्तिपुर दैनिकले लेखेको छ ।

सरकारको तर्फबाट पर्यटनमन्त्री आनन्द प्रसाद पोखरेलले ति आयोजना सम्पन्न गर्नका लागि स्वदेशी लगानीबाटै सम्भव हुने तर्क बैठकमा राखे पछि बैठकमा उपस्थित अन्य सांसदहरुले पनि स्वदेशी लगानी बाटै बनाउँदा उचित हुने धारणा व्यक्त गरेका थिए । सोही धारणाका आधारमा समितिले नेपाल सरकार, अर्थ मन्त्रालय र पर्यटन मन्त्रालय समेतको नाममा सो निर्देशन दिएको अर्थ समितिका सभापति प्रकाश ज्वालाले कान्तिपुरलाई जानकारी दिए ।

पर्यटनमन्त्री पोखरेलले विमानस्थल बनाउन करिब एक खर्ब २१ अर्ब र फास्टट्र्याक बनाउन करिब एक खर्ब रुपैयाँ चाहिने जानकारी दिएका थिए ।

Biraj paints Nijgadh 9855021190

About Nijgadh.com