Home / स्थानिय समाचार / अन्तराष्ट्रिय बिमान स्थल, काठमाडौं–निजगढ द्रुतमार्गको लागी निजगढमा सभासदहरुको विशेष छलफल हुदै

अन्तराष्ट्रिय बिमान स्थल, काठमाडौं–निजगढ द्रुतमार्गको लागी निजगढमा सभासदहरुको विशेष छलफल हुदै

cpnuml ex minister sports purushotam paudel

२ नम्बर प्रदेशको विकासमा केन्द्रित भएर सांसदहरुले छलफल गर्ने भएका छन् । बारा, पर्सा र रौतहट लगायत २ नम्बर प्रदेशमा रहेका राष्ट्रिय गौरवका योजना सञ्चालनका बिषयमा बाराको निजगढमा विशेष छलफल हुने संसदीय सरोकार समितिका संयोजक पुरुषोत्तम पौडेलले जानकारी दिए ।

कार्यक्रममा अन्तराष्ट्रिय बिमान स्थल, काठमाडौं–निजगड द्रुतमार्ग, हुलाकी मार्ग, बिशेष आर्थिक क्षेत्र सेज, रेलमार्ग, कृषि, पर्यटन लगायत क्षेत्रको विकासका विविध विषयमा छलफल हुने पौडेलले बताए ।

कार्यक्रममा सांसद, नगरपालिकाका प्रमुखहरु, उद्योग वाणिज्य संघका प्रमुखलगायत सरोकारवालाहरुको सहभागिता रहने छ । कार्यक्रममा पुर्व प्रधानमन्त्री एवं रौतहट १ का सांसद माधव कुमार नेपालको प्रमुख अतिथ्यतामा हुनेछ ।

कार्यक्रम मध्य तराईको विकासका लागि पहिलो र ऐतिहासिक भएको एमाले बाराका प्रशिक्षण विभाग प्रमुख मनोज पौडेलको भनाई छ ।

Source nepalpati

 

 

purushottam paudel fb

Biraj paints Nijgadh 9855021190

About Nijgadh.com