Breaking News
Home / स्थानिय समाचार / प्रदेश नं २ का सभासद्हरु द्वारा अन्तर्राष्ट्रिय विमानस्थल , काठमाडौं -निजगढ द्रुतमार्ग बिशेष आर्थिक बिषयमा निजगढमा बिशेष छलफल कार्यक्रम

प्रदेश नं २ का सभासद्हरु द्वारा अन्तर्राष्ट्रिय विमानस्थल , काठमाडौं -निजगढ द्रुतमार्ग बिशेष आर्थिक बिषयमा निजगढमा बिशेष छलफल कार्यक्रम

nijgadh fasttrack airport

जितलाल श्रेष्ठ ,

निजगढमा बन्ने अन्तर्राष्ट्रिय विमानस्थलको चार किल्लाभित्र बसोवास गर्ने जनतालाई जथाभावी मुआब्जा नमाग्न पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेता तथा कार्यक्रमका प्रमुख अतिथि माधवकुमार नेपालले आग्रह गरेका छन्।
जथाभावी माग सरकारले पूरा गर्न नसक्ने बताउँदै जायज माग मात्र राख्न उनले बताए। निजगढमा सोमवार अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौं निजगढ दु्रतमार्गसहित राष्ट्रिय गौरवका आयोजना सम्बन्धी विशेष छलफल कार्यक्रममा प्रमुख अतिथि नेता नेपालले सो कुरा बताएका हुन् ।

अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौं निजगढ दु्रतमार्गको नाउँमा जग्गाको भाउ बढाउने प्रवृत्तिमा रोक लगाउन विमानस्थल र दु्रतमार्गका लागि आवश्यक जग्गा अहिले नैं सरकारले लिनुपर्ने उनको भनाइ थियो। “अहिले सरकारसँग पैसाको अभाव भए पनि वैकल्पिक व्यवस्था गर्नुपर्छ”—नेता नेपालले भने। फास्ट ट्रयाक छेउछाउ जग्गा लिने अनि महँगोमा बिक्री गर्ने गिरोहकै कारण निर्माण कार्यमा बाधा उत्पन्न हुने बताउँदै नेता नेपालले यस्ता गिरोह कुनै न कुनै रूपमा सल्बलाइरहेको बताए।
विमानस्थल निर्माणले निजगढ बारा, पर्सा, रौतहटलगायत तराईलाई मात्र नभएर देशकै मुहार फेर्ने प्रस्थान बिन्दु बन्ने भएकोले कुनै विवाद नगर्न नेता नेपालले आग्रह गरे। काम अगाडि बढ्न नदिन यो वा त्यो नाउँमा विवाद गर्ने हो भने मुलुकमा नबने छिमेकी मुलुकले बनाउने र हाम्रो भाग्य र भविष्य अधोगतितिर धकेलिने हुँदा यस्ता विषयमा अनावश्यक विवाद, किचलो नगरी सचेत, विवेकशील भई सकारात्मक कार्यमा एकजुट भएर अघि बढ्न उनले सबैलाई आग्रह गरे।
विमानस्थल बनाउने नाउँमा जथाभावी रूख कटान गर्न नहुने बताउँदै आफ्नो मात्र स्वार्थ नहेरी सन्ततिको लागि पनि प्राकृतिक स्रोत साधन संरक्षण गर्न उनले बताए। विकासको नाउमा वन–जङगल, तराईको चारकोसे झाडी विनाश, चुरेको जथाभावी उत्खनन, दोहन गर्न नहुने उनले बताए।   दु्रतमार्ग ठेक्का प्रसङग उठाउँदै नेता नेपालले तत्कालीन मन्त्री विमलेन्द्र निधि र नेपाली काङ्ग्रेस सभापति शेरबहादुर देउवा कमिशनको खेलमा परी ३२ अर्ब घोटाला गर्न लागिपरेको ठोकुवा गरे।
अरुण तेस्रो जल विद्युत् आयोजनाको प्रसङगमा नेता नेपालले कमिशनतन्त्रले देशलाई गाँजेको बताउँदै राम्ररी अध्ययन नगरी विदेशीसामु लम्पसार पर्ने प्रवृत्ति व्याप्त रहेकोले नेपालीको शिर निहुरिन नदिन आफूले रोकेको बताए। त्यस बेला एमालेको सरकार नबनेको भए देशले सधैंं विश्व बैंकलाई सलाम गरिरहनुपर्ने थियो—नेता नेपालले बताए ।
उक्त सम्झौतामा नेपालले १० मेगावाटभन्दा बढी विद्युत् परियोजना बनाउदाँ विश्व बैंकको अनुमति लिन अनिवार्य रहने सम्झौताको बुँदा रहेको कारण विरोध गर्नुपरेको उनले प्रस्ट पारे।

chalfal at nijgadh for airport fasttrack nepal
सांसद मधु शाहीले स्वागत मन्तन्य व्यक्त गरेको कार्यक्रममा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आयोजना प्राधिकरणका प्रमुख देवचन्द्रलाल कर्ण, अर्थविद् सुरेन्द्र उप्रेती, सभासद् बलवीर चौधरी, राजेन्द्रबहादुर अमात्य, रामचन्द्र चौधरी, सुनील यादव, रामअयोध्या यादव, नागेन्द्रप्रसाद चौधरी, फरमुल्लाह मन्सुरले मन्तव्य व्यक्त गरेका थिए। त्यसैगरी स्थानीय समाजसेवीका तर्फबाट ढुंण्डीराज उप्रेती, रमेश सापकोटा, भरत खड्का, एकबहादुर श्रेष्ठले मन्तव्य प्रकट गरेका थिए।
बारा, पर्सा, रौतहट, सर्लाही लगायतका सांसदहरूको सहभागिता रहेको कार्यक्रमको आयोजना संसदीय विशेष सरोकार समूह, अन्तर्राष्ट्रिय विमानस्थल तथा दु्रतमार्ग र सहआयोजक निजगढ, गढीमाई, कोल्भी नगरपालिका र निजगढ, सिमरा, कोल्भी उद्योग वाणिज्य सङ्घले गरेको थियो। निजगढ नगरपालिकाका कार्यकारी अधिकृत विमल पोखरेलले प्रमुख अतिथि नेता नेपाललाई मायाको चिनो प्रदान गरेका थिए।
कार्यक्रमको सञ्चालन सभासद् एंव पूर्व खेलकुदमन्त्री पुरुषोत्तम पौडेलले गरेका थिए। कार्यक्रम निजगढ उद्योग वाणिज्य सङ्घको सभाहलमा  सम्पन्न भएको थियो

Cpnuml leader at nijgadh fasttrack airport

 

 

 

 

 

 

 

Watch Video

Biraj paints Nijgadh 9855021190

About Nijgadh.com