Home / स्थानिय समाचार / रेखा थापा निजगढमा | दर्शकले घेरेपछि रोकियो छायांकन

रेखा थापा निजगढमा | दर्शकले घेरेपछि रोकियो छायांकन

Rekha-sutting-4

यति खेर नायिका रेखा थापा बाराको निजगढमा सुटिङमा छिन।  नायिका रेखा थापालाई दर्शकले घेरेपछि चलचित्र ‘पलाँस’को सुटिङ रोकिएको छ । सुभाष कोइरालाको निर्देशनमा तयार भैरहेको चलचित्र ‘पलाँस’मा रेखाले मुख्य भुमिका निर्वाह गरेकी छिन् ।

बिहिवार बाराको निजगढ गोलघर बागदेबमा सुटिङ हुँदै थियो । सुटिङ तयारी गर्दै गर्दा दर्शकको भिड बढेपछि निर्माण पक्षले सुटिङ स्थगित गर्नुपर्‍यो ।

‘आज पनि भिड त्यस्तै छ । लुकेर सुटिङ गर्नुपर्ने अवस्था छ ।’ अनलाइनखबरसँग कुरा गर्दै रेखाले भनिन् । होम प्रोडक्सन बाहिरको चलचित्रमा अभिनय गरेकी रेखाले दर्शकले घेरेपछि उनीहरुसँग भलाकुसारी समेत गरेकी थिईन् ।

एक सातादेखि बारामा रहेकी रेखाले हरेक दिन दर्शकवाट घेरिएरै सुटिङ गर्नु परेको छ । दर्शकवाट घेरिदा रमाइलो लागे पनि सुटिङ नै नहुँदा भने मज्जा नहुने धारणा उनी राख्छिन् ।

सुटिङ रोकिएपछि दर्शकसँग कुरा गरेर बसेकी थिइन् रेखा । ‘सुटिङ रोकिएपछि दर्शकसँग कुरा गरेर बसेँ ।’ रेखाले भनिन्- ‘तराई क्षेत्रका महिला केटाकेटीलाई के समस्या छ भनेर सोधेँ ।’rekha with darsak

रेखालाई सुटिङमा जाँदा दर्शकले यसरि घेरेको यहि नै पहिलो पटक भने होइन । सिनेमा प्रदर्शनमा होस् या सुटिङका समयमा नै किन नहोस्, रेखालाई दर्शकले यसरि घेर्ने गरेका छन् । पछिल्ला समयमा आएका कलाकारलाई दर्शकले बाटोमा हिन्दा समेत नचिन्ने अवस्था छ ।

तर, रेखा जस्ता केही कलाकार पनि नेपालमा छन् जसलाई दर्शकले देख्ने वित्तिकै घेर्ने गर्छन् । निर्मात्री कृषा चौलागाइका अनुसार रेखा बारा पुगेको पहिलो दिन पनि दर्शकले घेरेर छायांकन गर्न पाइएको थिएन । यो चलचित्रमा रेखाको साथमा कामेश्वर चौरासिया, अयुव केसी मुख्य भूमिकामा छन् । स्रोत  : अनलाईन खबर

 

Biraj paints Nijgadh 9855021190

About Nijgadh.com