Home / भिडियो / अनिसको म्यूजिक भिडियोमा सविना | आरतीको डेब्यू ( भिडियो सहित )

अनिसको म्यूजिक भिडियोमा सविना | आरतीको डेब्यू ( भिडियो सहित )

anish sabina arati from nijgadh music video

प्रलाद तिमल्सिना , निजगढ
निजगढका गायक अनिस तामाङ र सन्नी श्रेष्ठको नयां म्युजिक भिडियो मंगलबार सार्वजनिक गरिएको छ ।
आर एन वि शैलीमा रहेको ईशारा तिम्रो बोलको गित सङग्स नेपालले आधिकारीक रुपमा भिडियो सोसल मिडियामा सार्वजनिक गरेको हो ।
भिडियोमा निजगढकी उदयमान मोडल सविना राउत र सिङगौलकी आरती लामाको अभिनय देख्न पाइन्छ । उक्त गीतको शब्द र कम्पोज मङगोलियन स्वागरको रहेको छ ।
उक्त भिडियोको सम्पादन दर्शन याखला राईले गरेका छन् भने भिडियोको छायांकन काठमाडौको ठमेल र विभिन्न ठाउंमा गरिएको छ । भिडियोको निर्देशन आशिस तामांङले गरेका छन ।
सविना र आरतीले अभिनय गरेको यो पहिलो म्युजिक भिडियो हो । निजगढकी सविनाको पहिलो भडियो भएतापनि उनको अन्य थुप्रै भिडियोहरु यस अघि नै युट्युमा रिलिज भइसकेको छ ।
निजगढका गायक अनिस र सन्नीले थुप्रै गितहरु गाइसकेका छन । उनिहरुले हेडौडा , निजगढ , सिंङगौल र अन्य स्थानमा थुप्रै पटक आफ्नो प्रस्तुती देखाइसकेका छन ।

हेरौ भिडियो

Biraj paints Nijgadh 9855021190

About Nijgadh.com