Breaking News
Home / स्थानिय समाचार / युथ अफ निजगढलाई यति बैंकद्वारा टिसर्ट प्रदान

युथ अफ निजगढलाई यति बैंकद्वारा टिसर्ट प्रदान

youth of nijgadh tshirt

प्रलाद तिमल्सिना – निजगढ
यति बैंक निजगढ शाखाद्वारा युथ अफ निजगढलाई मंगलबार एक कार्यक्रमका वीच टिसर्ट प्रदान गरेको छ ।
युथ अफ निजगढ लिखित पचास थान टिसर्ट यती बैंकका निजगढ शाखाका प्रतिनिधी प्रकाश घिमिरेले युथ अफ निजगढका अध्यक्ष खड्गराज मैनालीलाई प्रदान गरेका हुन । निजगढका युवाहरु मिलेर खोलीएको युथ अफ निजगढले बिभिन्न सामाजिक कार्यहरु गर्दै आएको छ । निजगढ नगर भित्र रहेको समस्याहरुलाई सहयोग र सद्भावको माध्यम बाट हटाउन युथ अफ निजगढका युवाहरु लागि परेका छन् ।
युथ अफ निजगढले विभिन्न समयमा सांगीतिक कार्यक्रम, सार्वजनिक स्थलको सरसफाई लगायतका सामाजिक गतिविधी संचालन गर्दै आएको र आगामी दिनमा पनि यस्ता सामाजिक कार्यलाई निरन्तरता दिइने कुरा युथ अफ निजगढका अध्यक्ष खड्गराज मैनालीले बतउनु भयो ।

Biraj paints Nijgadh 9855021190

About Nijgadh.com