Breaking News
Home / शिक्षा / ”मेरो ब्रम्हले ठम्याएको कृष्ण”

”मेरो ब्रम्हले ठम्याएको कृष्ण”

bed prakash acharya writer
लेखक :- वेद प्रकाश आचार्य

आज भन्दा करिब साढे ५ हजार बर्ष पहिले भाद्र अस्टमि तिथिमा हाल भारतको भुमिमापर्ने साबिकको सेनबंसी राजा उग्रसेनको राज्य मथुरा राज्यको झ्यालखाना भित्र एक थुनुवा जोडीले एक बालकलाई यसधर्तीमा जन्मदिए । जसलाई उनका कैदजीवन यापन गरिरहेका बा-आमा जो राजा उग्रसेनका आफ्नै छोरी-ज्वाईं थिए उनीहरुले झ्यालखानाका पहरेदारहरू मध्धेका आफ्ना शुभचिन्तक हरुको सहयोगमा त्यसै राज्यको सिमा मा पर्ने यमुना गंगापारीको ग्वारहरुको बस्ति गोकुल गाउँमा नन्द बाबा ग्वारको घरमा पुर्याइदिए ।
ति बालक जसको नाम कन्हैया राखियो । उनि नन्दबाबाका गाइगोठाला हरुको सरसंगतमा हुर्किए , उनि बाल्यकालमा सारै चकचके थिए , गोकुल बस्तीका महिलाहरुलाई गोपिनी भनिन्थ्यो ,कन्हैयाले उनीहरुलाई सारै दुख दिन्थे , कहिले उनीहरुका घरमा सुटुक्क पसेर दहि ,मखन चोरेर खाई हिड्थे भने कहिले नदीमा स्नान गर्न गएकाबेला नदि किनारमा राखेका गोपिनीहरुका बस्त्र सुटुक्क लगेर रुखमा लुकी दिन्थे, गोपिनीहरुले आफ्नो कपडा हराएको थाहापाएर जब रुन-कराउन थाल्थे तब कन्हैया बासुरी बजाएर कपडा भएतिर बाट आवाज दिन्थे , उनि बाँसुरी बजाउन धुरन्धर थिए , उनको बाँसुरी को धुन सुनेर आफ्नो कपडा लुकाइ दिने बदमाश केटोलाई गाली गर्नुको साटो गोपिनीहरु मन्त्रमुग्ध हुन्थे ,
गाइ चराउन जादा भोक लागेका बेला उनि ढुहुना गाईका कल्चौड़ामा मुख लगाई बाच्छा बाछीलेझैँ स्तनपान गरेर भोक मेटाउथे, चन्चले स्वभाव भएका काला बर्णका कायामा गोलो बाटुलो हिस्सी परेको मुहार भएका कन्हैया लाइ सबैले असाध्ध माया गर्थे । किनकि उनि गाई गोठालाहरुलाइ बनमा गाई हराएका बेला होस् वा टोल छिमेकमा कसैलाई दुख पर्दा सारै खटेर मद्दत गर्थे । काले भएकोले कसैकसैले उनलाई ‘श्याम’ भनेर उपनाम पनि राखेका थिए, उनको नाम नजान्ने वरपर गाउँका मानिसहरुले उनलाई सधैँ हातमा बाँसुरी बोकेर हिड्ने भएकाले ‘बंशिधर’ भन्ने उपमा पनि दिएका थिए ।

नन्दबाबा, जसले उनको लालन-पालन गरे , उनि दैनिक रुपमा योग साधना गर्थे,जुन कुराले कन्हैया पनि प्रभावित थिए , उनिपनि योग साधना गर्थे , प्रातकालमा सधैँ योगसाधना गर्ने, दुध, दही ,मखन जस्ता शक्तिबर्धक खाना एबम सात्विक आहार गर्ने भएकाले उनको शारीरिक सुगठन सारै लोभलाग्दो रहर लाग्दो थियो, उनि आफ्ना साथीभाइहरुसंग कुस्तीपनि खेल्दथे, सबैलाई पछार्थे पनि। गोकुल गाउँका उनका समकक्षि तरुणी गोपिनीहरु उनलाई सारै पछ्यौथे र उनका लागि ज्यानै फाल्नपनि तैयार हुन्थे । उनि जब बयस्क बने , तबसम्म उनको बखान घरघर चल्न थालिसकेको थियो।

उनले पशुको मलमुत्र खेतबारीमा हालेर खेतिगर्दा बलिनाली सप्रने तथ्य पत्ता लगाए र उनि धेरै बलिया पनि भएकोले बर्ष भरिको गोबरमल एकैदिनमा खेतमा लगेर छरीदिन्थे । जसलाई मानिसहरुले स्मृति ग्रन्थमा गोबर्धन पर्बत उचालेको भनेर फु्दा गांसे । उनलाई मानिसहरुले ‘किसान’ भन्ने उपमा दिए कालान्तरमा उनलाई स्मृति ग्रन्थमा ”कृष्ण’ भन्न थालियो जुन ‘ कृष्ण ‘ भन्ने नामले उनको जीवनकालमा कसैलेपनि सम्बोधन गरेको पाइदैन, उनलाई कन्हैयाको छोटकरीरुपमा ‘कान्न्हा’ , बासुदेवका छोरा भएकोले ‘ बासुदेव नन्दन’ गाइपालन गर्ने भएकाले ‘ गोपाल’ नन्दबाबा र उनकी पत्नी यशोधाले पालन पोषण गरेको हुनाले ‘नन्दलाल ‘ देवकी को कोखमा जन्म लिएको भन्ने अर्थमा ‘देवकी नन्दन’ जस्ता नामहरु प्रचलित थिए।
जब उनलाई आफु नन्दबाबा र यशोधाको नभई द्वारिका राज्यका राजकुमार बासुदेव यदुवंशी र मथुराराज्य कि राजकुमारी देवकी सेनको पुत्र भएको वास्तविकता ज्ञात भयो , त्यसपछि उनि आफ्ना बा-आमा लाइ मावली राज्यको झ्यालखानाबाट मुक्त गर्ने अठोटका साथ अत्यन्त गम्भीरता पुर्वक रणनीतिहरु तर्जुमा गर्न थाले।  उनलाई सम्पूर्ण गोकुलबासीहरुको साथ र समर्थन रह्यो , उनले चतुर्यता पुर्वक यज्ञअभिशेकमा बसिरहेकाबेला मामा कंश सेनलाई उनको निजि सुरक्षाकर्मीको सहयोगमा आक्रमण गरि इहलिला समाप्त पारिदिए । मामा कंश सेनले कैदमा राखेका मावलका हजुरबुबा राजा उग्रसेन र आफ्ना बा आमालाई कैद मुक्त गराउन सफल भए उनको बिवाह रुक्मिणी संग भएको थियो भने उनको एकमात्र सुपुत्र जसको नाम प्रधुम्न यदुवंशी हो , उनि संग जोडिएको नाम ‘राधा’ उनको धर्मपत्नी वा दोश्रोपत्नी पटरानीको नभई उनलाई इश्वरीय शक्तिको रुपमा यस धर्तीमा पदार्पण भएको अवतारीको रुपमा चरितार्थ गर्ने ब्रमहचारिणी थिइन् उनि आफैमा एक निष्ठावान नारी थिइन् । उनी जीवनभर कृष्ण भक्तिमा लीन रहिन, जो मथुरामा कृष्ण जन्मेको लगभग १००० बर्षपछी जन्मेकी हुन सक्छिन जसले कृष्ण लाई अद्भुत शक्तिको रुपमा उपासना गर्न सबैलाई आग्रह गरिन , उनले कृष्णसम्म पुग्ने मार्ग प्रसस्त गर्न ब्र्म्हाचार्या रहिन , कालान्तरमा कृष्ण -भक्तिधारा को प्रादुर्भाव हुनगयो र मानिसहरुले राधालाई कृष्णको प्रतिमा संगै बसेको मुर्तिहरु / तस्बिरहरु बनाउन थाले र हरेक ठाउमा राधा-कृष्ण युगल जोडी झैं ब्याख्या हुन गए / तेसो नभई राधालाइ एक ब्रह्मकुमारी निस्कलंक कृष्ण भक्तिनी साक्षात देवी को रुपमा लिई उनीले भक्ति-भावबाट कृष्णको साथ-सामिप्यता ग्रहण गरेको भन्ने बिस्वासको आधारमा उनकै मार्ग पछ्याउने बिस्वसिहरु पनि संसारमा धेरै भेटिएका छन्  ।shree krishna

कन्हैया जसलाई ‘कृष्ण’ भनियो उनि एक युद्ध कौशल, न्याय-प्रेमी,चतुर,साहसी,दार्शनिक महापुरुष थिए , उनले हस्तिनापुर राज्य को आन्तरिक मामिलामा चातुर्यता पुर्वक प्रवेश गरि राजा पाण्डुका पुत्रहरुलाई परेको मर्काको मर्मानुरूप आफ्नो ज्ञानबिबेकको सदुपयोग गरि सत्यको पक्षधर भै १८ दिन सम्म चलेको महाभारत १८ पर्वको नायकको अहम भूमिका समेत निर्वाह गरे।

”कृष्ण” १०८ बर्ष को उमेरमा एक जंगलको मार्गबाट यात्रा गर्दै गर्दा एउटा ब्याधा (शिकारी) को बाण उनको दाहिने खुट्टाको बुढी औलामा लाग्यो, उनका सिपाहीहरु (जसलाई नारायणी सेना भनिन्छ) ले उक्त बाणलाई कृष्ण को पाउबाट तुरुन्त निकाले तर दुर्भाग्यवश रक्तश्राव रोकिएन , किनकि ब्याधाले हानेको बाणको नुख (चुच्चो) एक बिषालु माछा को अस्थिपञ्जर बाट निर्मित थियो , जुन बिष शिकारीहरुले आफ्नो शिकारलाई मुर्छित तुल्यौना प्रयोग गर्थे , कृष्ण पनि उक्त विषका कारण मुर्छित भै सदाका लागि संसारबाट अस्ताए ।

उनलाई सबैले मान्नुपर्ने देखिन्छ , मूलतः उनको सात्विक जीवनशैली , पशुप्रेम, पितृ भक्ति , मित्रता (जस्तैः सुदामा संगको मित्रता),न्याय प्रेम , संगीत-प्रेम , उदारतापूर्ण दार्शनिकताबाट उनि शारीरिक रुपमा यो संसार बाट बिलिन भएपनि आज सम्म सबैको मनमस्तिस्क मा जीवित छन् , हामीले आखा चिम्लेर उनको ध्यान गर्नु भन्दा उनको जीवनशैली र दर्शनबाट अभिप्रेरित हुनु जरुरि छ , कृष्ण जन्मअस्टमि उपलक्ष्यमा सबैमा हार्दिक मंगलमय शुभकामना . कृष्ण चरित्त्रम शरणम , जय श्री कृष्ण

वेद प्रकाश आचार्य
निजगढ-६ , बारा
२०७३ भाद्र ९ गते बिहिबार भाद्र कृष्णा जन्माष्टमी

Biraj paints Nijgadh 9855021190

About Nijgadh.com