Breaking News
Home / स्थानिय समाचार / निजगढमा धारिलो हतियार प्रहार गरी एकको हत्या

निजगढमा धारिलो हतियार प्रहार गरी एकको हत्या

axe-attack at nijgadh bara nepal
अखवार संवाददाता
बारा जिल्ला निजगढ क्षेत्रको जङ्गलमा धारिलो हतियार प्रहारबाट शुक्रवार एकको हत्या भएको छ । धारिलो हतियारवाट निजगढ नगरपालिका(५ बस्ने ४१ वर्षीय हीरालाल लुङ्वाको हत्या भएको हो ।
मृतक लुङ्वासँगै जङ्गल दाउरा लिन साथी गएका सुस्त श्रवण भएका एक स्थानीयले आफ्नो साथीको टाउकोमा अज्ञात व्यक्तिले हतियार प्रहार गरी मारेर बोकेर लगेको भन्दै बाटो हिंड्नेहरूसँग गुहार मागेका थिए । घटनाको सूचना प्राप्त भए लगतै इलाका प्रहरी कार्यालय निजगढवाट खटिएको प्रहरी टोली र गाउँलेले शुक्रवार साँझ लुङ्वालाई मृतावस्थामा जङ्गलमा फेला पारेका थिए ।
घटनामा संलग्न भएको आशड्ढामा घटनास्थल आसपासबाट इलाका प्रहरी कार्यालय निजगढका प्रहरी नायब निरीक्षक भाइकाजी पोखरेलको टोलीले एक शड्ढास्पद युवकलाई शुक्रवार दिउँसो पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहट गौर(५ घर बताउने महमद आजाद अन्सारी रहेको इप्रका निजगढले जनाएको छ ।
शुक्रवार विहान अन्सारी काठमाडौबाट पूर्वतर्पm जाँदै गरेको ना ५ ख ४९५० नम्बरको बसबाट आउँदै थिए । अन्सारी चलिरहेको बसबाट नै एक्कासि हाम फाल्न लागेपछि चालकले बस रोकेपछि उनी राजमार्गको निजगढ फास्ट टूयाक उत्तरतर्पmको जङ्गलभित्र बिहान करिब ८ बजे पसेको निजगढ प्रहरीले जनाएको छ ।
लुङ्वाको हत्या शुक्रवार बिहान करिब ८ः३० बजे भएको हुन सक्ने प्रहरीको अनुमान छ ।
निजगढ रतनपुरीे सडक भएर साइकल, मोटर साइकलमा जाने आउनेलाई लुङ्वाका सुस्त श्रवण साथीले घटनाबारे वताए पनि धेरैले उनको कुरा बुझेनन्÷पत्याएनन् । रतनपुरी मोटरसाइकलमा जाँदै गरेका निजगढ(८ का युवा नेत्रबहादुर लामाले उनको कुरा सुनेपछि निजगढ प्रहरीमा खबर गरेका थिए । निजगढ प्रहरीसँगै उनीहरू घटना भएको भनिएको स्थान गए । जङ्गलभित्र दाउरा खोज्न गएका अन्य दुईजना समेत भाग्दै आएको प्रहरीले देखेपछि सोधखोज गरे ।
एक अपरिचित युवकले मैले मान्छे मारेको छु । मलाई पनि तपाईंहरूले मार भन्दै आपूmतिर आएकाले आपूmहरू डरले भागेको उनीहरूले प्रहरीलाई जानकारी दिए । ती युवकको जङ्गलमा खोजी गर्ने क्रममा केही समयपछि विहान बसवाट भागेका अन्सारीलाई भेटिएको प्रहरी नायब निरीक्षक भाइकाजी पोखरेलले बताए ।
ती अपरिचित युवकले घटनाबारे केही न बताउँदा मृतक लुङ्वालाई खोज्ने क्रममा इलाका प्रहरी कार्यालयको प्रहरी टोली करिब ७ घण्टा रतनपरी जङ्गलमा हराएको थियो । दिउँसो करिब ३ बजे मात्र बाटो भुलेको प्रहरी टोली र स्थानीय मोबाइल सम्पर्क गरी रतनपुरीका एक स्थानीयको सहयोगमा रतनपुरी गाउँ निस्किएका थिए । यता प्रहरी लुङ्वाको घरमा पुग्दा उनी घर नर्फिर्कएको थाहा पाएसँगै स्थानीयवासी र प्रहरी टोली घटनास्थल गएका थिए ।
शुक्रवार अबेर साँझ लुङ्वाको शव जङ्गलमा भेटिएपछि घटनाको पुष्टी भएको हो । लुङ्वालाई धारिलो घरेलु हतियार बन्चरो, हसियाले घाँटी, टाउको, ढाड लगायत शरिरका विभिन्न भागमा गहिरोसँग काटिएको छ । मृतक लुङ्वाले दाउरा काट्न लगेकै बन्चरो, हसियाले उनलाई प्रहार गरेको हुन सक्ने घटनास्थल पुगेका प्रहरीको प्रारम्भिक अनुमान छ । घटनाको सुक्ष्म ढंगले अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक सुभाषप्रसाद गैरेले वताउनु भयो ।

Biraj paints Nijgadh 9855021190

About Nijgadh.com