Home / शिक्षा / लेख/रचना / तीजलाई भड्किलो नवनाऔं

तीजलाई भड्किलो नवनाऔं

rupram ghising

लेखक : रुपराम घिसिङ

नेपालीहरुको सामाजिक सांस्कृतिक परम्पराहरु धैरै छन् । धेरै जातजाति र धर्माबलम्बीहरुको समिश्रण रहेको नेपालीहरुको सबै सामाजिक सांस्कृतिक पर्व र चाडवाडलाई राम्रो संग मनाउने हो भने वर्षका कुनै दिन पनि खाली रहंदैनन् ।

हुन त सबै चाडवाडलाई हाम्रो परम्परा र सदिऔंदेखि चलिआएको रितिरिवाज अनुसार मनाउनु पर्ने हुन्छ । तर यसो भन्दैमा नया“पनको नाममा चाडपर्वको मूल मर्म र भावलाई विर्सिदा नया“पुस्ताले कुन चाडपर्वको के महत्व छ भन्नेसम्म थाहा नपाउने अवस्था आउन दिनु हुन्न ।

हिन्दुहरुको चाडपर्वहरु मध्ये सबैभन्दा लामो समयसम्म मनाइने दशैंको समयावधि धेरै भएको र यसले घरव्यवहार संचालनमा अप्ठ्यारो परेको गुनासो बढीरहेको सन्दर्भमा हाल हिन्दु नारीहरुको महत्वपूर्ण पर्व हरितालिका तिज पर्व भड्किलो भएको भन्दै आवाज उठ्न थालेको छ ।

तीज आउनुभन्दा अगाडि नै धेरैले दर खाइसक्नु भयो भनेर भन्नु परेन । तीजका दर खाएका फोटाहरु सामाजिक संजालमा अपलोड भएकाछन् । अव नेपालीहरुको साझा चाड बनी सक्दा हिन्दु नारीको मात्र किन भन्ने सन्दर्भमा थोरै स्पष्ट पार्न चाहन्छु । आजभोली समाजमा देखिएको विकृति स्वरुप कैयौं दिन अघिदेखिको दर आयोजना गर्ने, देखावटी तडकभडक बढी गर्नाले भने चाडको मर्म हराउ“दै गएको पाइन्छ ।

तीज

भाद्र शुक्ल तृतीयाका दिन पर्ने यो पर्वमा महिलाहरु व्रत उपवास बसेर भगवान शिवजीको पूजा आराधना गरी अविवाहिताले मनले चिताएको सुन्दर वर पाउने र विवाहिताले आफ्ना पतिको सुःस्वाथ्य र दीर्घजीवनको कामना गर्दै देवीदेवताहरुको दर्शन गरी भजन, किर्तन र परम्परागत लोक गीत गाउदै नृत्य गर्ने गरिन्छ ।

गणेश चतुर्थी

यस दिन अर्काको घरमा चोरी गर्नाले पुण्य पाइन्छ भन्ने किंवदन्ती छ । जस अनुसार गा“उ घर तिर केराको वोट काटीदिने, का“क्रो तथा अन्य फलफूल चोरीदिने, गोठमा बा“धेका गाईवस्तु फुकाइदिने जस्ता क्रियाकलाप गर्छन । जुन यो पर्वको नाउ“मा रहेको विकृति हो संस्कृति होइन ।

ऋषी पंचमी

हरितालिका वा तीज पर्वको पर्सिपल्ट भाद्रशुक्ल पंचमीका दिन पर्ने यो पर्वमा शौभाग्यवती वा सधवा नारीहरु व्रत उपवास बसी आफ्ना पतिको सुख, सम्वृद्धि र दीर्घ जीवनको कामना गर्दे सप्तऋषी र सुर्य देवताको पुजा गर्दछन् । यसै दिन विहान नदि खोलामा गई माटोले नुहाउने र अपामार्ग (दतिवन) ले दा“त माझी शुद्ध हुने गर्दछन् ।

के अव यो विधी विधान अनुसार विधवा वा एकल जीवन बा“ची रहेका महिलाहरुलाई यो चाड मान्ने कुनै हक छैन ? यो पर्व विशेष गरी शिवजीको चरित्रस“ग मिल्ने श्रीमान पाउन मनाइने पर्व भएको हु“दा आजको एक्काइसौं शताब्दीमा आइपुग्दा शिवजीको चरित्र अनुसार श्रीमान र श्रीमति भएमा घरवार दीगो होला वा सम्भव होला ?

तीज गीत अनी विकृति

हिन्दु धार्मिक ग्रन्थहरुमा वर्णित शिव–पार्वती सम्बन्धी आख्यानका आधारमा यस चाडको उठान भएको हु“दा बहुसंख्यक गीतमा हिन्दु समाजले निर्धारण गरेका धार्मिक, सामाजिक मान्यता अनुसारकै गीतहरुको रचना गरिएकाछन् । पराजुली (२०५७–१ः७५) का अनुसार हिमालय–मेनाका पुत्री पार्वती र महादेवको विवाह प्रसङ्ग सम्बन्धी आख्यानका आधारमा हिन्दु महिलाहरुमा प्रचलित तीज पर्वले विशेष महत्व राख्दछ । त्यसै हुनाले तीजमा गाइने गीतमा पनि महादेव पार्वती श्रुती र पूजा अर्चनाको विधान पाइन्छ ।

तीजमा गाइने भाकाको शुरुवात व्रतको बेला दिन कटाउनको लागि गीत गाउने क्रममा भएको मानिन्छ । माइतीमा जा“दा दाजुभाई, दिदीबहिनी, बुवाआमालाई आफ्नो दुःख, समस्या, पीडा पोख्नको लागि गीतको माध्यमबाट सुनाउ“दा बढी प्रभावकारी भएकोले तीजको गीतको शुरुवात भएको हो । वर्षेवाली लगाइसके पछिको फुर्सदको समयमा माइती जा“दा ती दुःखकष्टका भावलाई गीतका भाकामा गाइने गीत नै तीज गीत हो । तर अहिलेको बदलिंदो परिवेशमा तीज गीतको नाममा आधुनिकता भन्दै शब्द सुन्न र दृश्य हेर्न नसकिने खालका गीतको बाढी नै आएको छ । मन्दिरमा शिवजीको दर्शन गरेर नाच्नु पर्ने पर्वमा डिस्कोमा तीज, पोइला जान पाम, शिव जस्तै पति पाम, कन्याइदेउ न वाई जस्ता शब्द र भाकाले के सन्देश दिन खोजेको हो ? एक महिना अगाडिदेखिको तीजदरमा ह्वीस्की, रम, रक्सी खानु पर्ने भए तीज नै किन ?

नेपालको सन्दर्भमा हिन्दु महिलाको पर्व तीज नभनेर यो चाड अव सबै नेपाली महिलाको साझा पर्वको रुपमा अगाडि आएको छ । यसलाई सरकारले समेत महिलाको पर्व मात्र नभनेर नेपालीहरुको पर्वको रुपमा लिनु आवश्यक छ । हिमाल, पहाड, तराईमा रहेका नेपाली महिलाहरुले अनावश्यक तडक भडक र देखासिकी नगरी महिला हिंसा, यौन हिंसाका विरुद्ध तथा महिला शसक्तिकरण सम्बन्धी चेतनामूलक कार्यक्रमहरुस“ग जोडेर तीजलाई भव्य र सभ्य बनाउ“दा राम्रो हुन्छ ।

Biraj paints Nijgadh 9855021190

About Nijgadh.com