Home / स्थानिय समाचार / निजगढ नगरपालिकाको सकारात्मक शुरुवात

निजगढ नगरपालिकाको सकारात्मक शुरुवात

nepal-governtment-logo
निजगढ नगरपालिकाले नगर क्षेत्रवाट उत्पादन हुने फोहरमैलालाई व्यवस्थापन गर्न विशेष कार्यक्रम सञ्चालनमा ल्याएको छ ।
पहिलो चरणमा राजमार्ग आसपास नगरपालिका भवनदेखि जमुना पैनीसम्मको क्षेत्रवाट उत्पादिन फोहरको व्यवस्थापन गर्न लागेको हो ।
नगरपालिकाको यो योजनामा उपभोक्ताहरुले सड्ने र नसड्ने गरी उत्पादिन फोहरलाई वर्गिरण गरी सड्ने फोहरवाट आफ्नै घरमा कम्पोष्ट मल बनाउने र नसड्ने फोहर नगरपालिकाले संकलन गर्ने प्रकृया शुरु भएको छ ।
नसड्ने फोहरलाई समेत प्रशोधन पश्चात पुनः प्रयोगमा ल्याउन सकिने र नसकिने गरी छुट्याउने र सोही अनुसार व्यवस्थापन गरिने भएको छ । नगरपालिकाले यस अघि नै कालो प्लाष्टिक झोलाको प्रयोगमा पूर्ण प्रतिबन्ध लगाएको थियो ।
नगरपालिकाको फोहरमैला मुक्त नगर अभियान सञ्चालन पश्चात निजगढ राजमार्ग आसपासका व्यवसायिहरुले आफ्नो पसल, व्यवसायवाट उत्पादित फोहोर राजमार्र्ग छेउमा जलाउने प्रवृतिमा समेत कमि आएको छ । हाल नगरपालिकाले राजमार्ग आसपासका घरहरुवाट नसड्ने फोहर संकलन गर्न शुरुवात गरेको छ ।
नगरपालिकाले निजगढलाई सफा र सुन्दर नगरको रुपमा विकास गर्न आफ्नो घरआ“गनमा वृक्षारोपण गर्न, सडक किनारमा जथाभावी निर्माण सामाग्री नराख्न, नगरपालिकाको अनुमति नलिई सडक किनारमा पसल व्यवसाय सञ्चालन नगर्न र जथाभावी सवारी साधन नरोक्न अनुरोध गरेको छ ।
त्यसैगरी रसायनिक विषादीको कारोवार गर्ने, स्वास्थ्य संस्था र होटलहरुले विशेष ध्यान पु¥याउनु पर्ने र आफ्नो व्यवसायवाट निस्केको फोहरको प्रशोधन र निर्मलीकरण स्वयंले गर्नु पर्ने, माछा मासुको विक्री वितरणवाट अरुलाई असर नपार्न, प्लाष्टिकको चियाकपको प्रयोग नगर्न अनुरोध गरेको छ ।
नगरपालिकाले केही महिना अघि फोहरमैला व्यवस्थापन सम्बन्धी आचारसंहिता नै जारी गरेर अभियान चलाएको थियो । आचारसंहितामा कालो प्लाष्टिक झोला प्रयोग भएको पाइएमा पा“चसय रुपैया र प्लाष्टिक बोतल जथाभावी फालेमा पा“चहजार रुपैया र घर अगाडि फोहर जलाए पा“चहजार रुपैयासम्म जरिवाना हुने र जरिवाना वापतको रकम फोहरमैला व्यवस्थापन गर्न सहयोग गर्ने व्यक्ति वा संस्थालाई पुरस्कार दिइने जनाइएको थियो ।
नगरपालिका एक्लैले मात्र गरेर भनेर निजगढको मुहार फेरिने होइन नगरपालिकाको यो अभियानमा सम्पूर्ण निजगढवासीहरुले साथ दिएको खण्डमा मात्र फोहरमैला मुक्त नगर अभियानले सार्थकता पाउनेछ  ।

Biraj paints Nijgadh 9855021190

About Nijgadh.com