Home / स्थानिय समाचार / एमालेको जिल्ला अधिवेशन हुदै, अधिवेशन तयारी अन्तिम चरणमा , केपी शर्मा ओली आउदै

एमालेको जिल्ला अधिवेशन हुदै, अधिवेशन तयारी अन्तिम चरणमा , केपी शर्मा ओली आउदै

cpnuml Nijgadh bara nepal chetra no 6
सिमरा, ४ अशोजः

सात वर्षदेखि हुन नसकेको नेकपा एमाले बाराको ९औं जिल्ला अधिवेशन अशोज १२ गते कोल्हवीमा हुने भएको छ । लामो सयमदेखि पटक पटक स्थगन हुदै आएको अधिवेशनको उद्घाटनको मिति तय गर्दै एमाले बाराले तयारी अन्तिम चरणमा पु¥याएको छ ।

एमाले बाराले मंगलवार विज्ञप्ती जारी गर्दै जिल्ला अधिवेशनको सबै तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनसभाका बिच उद्घाटन गर्ने अधिवेशनका लागि विभिन्न समिति गठन गरेर तयारी गरिएको प्रचार विभाग प्रमुख डा. कृष्ण पौडेलले जानकारी दिएका छन् ।

दुई दिन सम्म चल्ने अधिवेशनले नया नेतृत्व समेत चयन गर्ने छ । नेतृत्वका लागि कार्यवाहक अध्यक्ष त्रिलोकी चौधरी, प्रचार विभाग प्रमुख डा. पौडेल, पूर्व राष्ट्रिय परिषद सदस्य सुन्दर विश्वकर्मा, जिल्ला सचिव अध्यानन्द पाण्डे, पूर्वमेयर रविनदास श्रेष्ठलगायतको नाम यतिबेला चर्चामा आएको छ । अधिवेशन उद्घाटन कार्यक्रममा एमालेका बरिष्ठ नेतासहित जिल्ला र क्षेत्रका नेताकार्यकर्ताको सहभागिता रहने प्रचार विभाग प्रमुख डा. पौडेलले जानकारी दिए ।

डा. पौडेलले अहिले सदस्यता नविकरणको बिषयलाई लिएर गरिएको प्रचारबाजीमा नलाग्न समेत आग्रह गरेका छन् । अधिवेशनलाई प्रभाव पार्न र बिथोल्ने प्रयासस्वरुप सदस्यताको बिषयलाई लिएर गरिएको प्रचारबाजीमा कुनै सत्यता नरहेको भन्दै डा. पौडेलले सात वर्षपछि हुन लागेको अधिवेशनलाई भब्यरुपमा सफल बनाउन पार्टिको सबै पक्षसंग आग्रह गरेका छन् ।

डा. पौडेलद्धारा जारी विज्ञप्तीमा ‘जिल्ला अधिवेशनलाई प्रतिकुल बनाउने गरी अनेकन् टिकाटिप्पणी र मिडियाबाजीप्रति पार्टीको विशेष ध्यानाकर्षण भएको र सदस्यता नामावली सम्वन्धमा पार्टीको नवौं राष्ट्रिय महाधिवेशनमा नवीकृत सदस्य दुई हजार आठ सय १२ रहेको र ती सदस्यहरुको मात्र हाललाई नवीकरण गर्ने जिल्ला कमिटीको निर्णयमुताविक दुई हजार पाच सय २५ सदस्यहरुको मात्र नवीकरण भएको जानकारी गराउन चाहन्छौं । कुनै प्रकारको हल्ला र भ्रममा नपरी जिल्ला अधिवेशन सम्पन्न गर्ने वातावरण निर्माणमा सरीक हुन सबै पार्टी पंक्तिसमक्ष हार्दिक आग्रह गर्दछौं ’ उल्लेख गरिएको छ ।

अधिवेशनका लागि जिल्लाभरी अशोस ८ गते एकैसाथ प्रतिनिधि चयन गर्ने कार्यक्रम रहेको छ । जिल्लाले प्रतिनिधि चयन निर्देशिका, आचारसंहिता र मतदाता नामावलीसमेत जारी गरेको गरेको डा. पौडेलले जानकारी दिए । गाविस तह, नगरवडा तह र औद्योगिक प्रतिष्ठान तहमा निर्वाचन इकाई तोकिएको र दलित, महिला र मजदुर क्षेत्रमा दश बराबर एक र खुलामा १७ बराबर एक जना प्रतिनिधि चयन गर्ने व्यवस्था रहेको डा. पौडेलको भनाई छ ।

Biraj paints Nijgadh 9855021190

About Nijgadh.com