गौरीशंकर क्याम्पसको १० औं वार्षिक उत्सव सम्पन्न

स्थानिय समाचार

42 Views

अखवार संवाददाता
गौरीशंकर क्याम्पसको १० औं वार्षिक उत्सव सम्पन्न
निजगढस्थित गौरीशंकर क्याम्पसको १० औं वार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ । कार्यक्रममा विभिन्न राजनितिक दलका प्रतिनिधी , पत्रकार, अभिभावक ,शिक्षक , विध्यार्थी , स्थानियको लगायतको बाक्लो उपस्थिति थियो । कार्यक्रममा विभिन्न व्यक्तित्वहरुलाई विभिन्न विधामा सम्मान पनि गरिएको थियो ।
क्याम्पस ब्यवस्थापन समितिका अध्यक्ष एक बहादुर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा बारा क्षेत्र नं। ६ का माननिय सासंद एवं पूर्व युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलको प्रमुख अतिथि थिए भने कार्यक्रम निजगढ ठाडोलाईन गौरीशंकर क्याम्पसको आफ्नै भवनमा भएको थियो । केहि वर्ष अघि सो क्याम्पस बनाउन पण्डित दिनवन्धु पोखरेलले महायज्ञमा पढेका थिए भने अझै पनि कवुल गरेको रकम उठ्न बाकी रहेको वताउछन अध्यक्ष श्रेष्ठ ।campus-gaurishankar