Breaking News
Home / समाचार / सार्वजनिक माविको स्थापना दिवस

सार्वजनिक माविको स्थापना दिवस

samavibagdev
निजगढ नगरपालिका ५ स्थित श्रीसार्वजनिक माध्यमिक विद्यालयको ५२ औं स्थापना दिवस शुक्रबार विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायणप्रसाद गौतमको अध्यक्षतामा भएको सो कार्यक्रमको जिल्ला शिक्षा अधिकारी धनप्रसाद पोखरेलले उदाघाटन गरेका थिए । कार्यक्रममा बोल्दै जिशिअ पोखरेलले विद्यालयको पठनपाठन सुधार र प्रगतिमा अभिभावकको भुमिका महत्वपुर्ण हुने बताए । उनले आफना बालबालिका अध्ययन गर्ने विद्यालयको हरेक कृयाकलापमा अभिभावक वर्गले सक्रिय सहभागिता जनाउनु पर्ने सुझाव दिए । ‘जुन विद्यालयका अभिभावक सक्रिय छन त्यहाको पठनपाठन र अन्य क्रियाकलाप पनि राम्रो हुन्छ ।’ अधिकारी पोखरेलले स्रोत साधनको अभावमा शिक्षा कार्यालयले मात्र जिल्लाका सबै विद्यालयको नियमित अनुगमन र निरीक्षण गर्न नभ्याउने बताउदै आफनो विद्यालयमा अभिभावहरु आफैले नै रेखदेख गर्नु पर्ने पनि बताए । साथै उनले सकरात्मक सोचका साथ काम गर्नु पर्ने पनि बताए । कार्यक्रममा गौरीशंकर उमाविका प्राचार्य सुदर्शन कोइराला, व्यवस्थापन समितिका पुर्व अध्यक्ष अम्बिका चौलागाई, सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ बाराका अध्यक्ष केदारप्रसाद गौतम, विद्यालय व्यवस्थापन समितिका सदस्य खड्गप्रसाद उप्रेती, शर्मिला विश्वकर्मा लगायतले शुभकामना मन्तव्य दिएका थिए ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक हस्तबहादुर लामाले विद्यालयको बार्षिक नीति तथा कार्यक्रमको प्रतिवेदन र लेखापाल नवराज गौतमले चालु र अघिल्लो बर्षको आयव्याय विवरण प्रस्तुत गरेका थिए । सोही अवसरमा विद्यालयको आर्थिक र भौतिक विकासको लागि सहयोग गर्ने २ दर्जन भन्दा बढी संघसंस्था र व्यक्तिलाई प्रशंसा पत्र सहित सम्मान गरिएको थियो । साथै स्थापना दिवसको अवशरमा विद्यालयले आयोजना गरेको अतिरिक्त क्रियाकलापमा विजयी तथा बार्षिक परीक्षामा उत्कृष्ट, अनुशासित तथा जेहेन्दार छात्रछात्रालाई पनि सोही अवशरमा पुरस्कार वितरण गरिएको थियो । कार्यक्रममा विद्यालयका छात्रछात्राले गीत तथा नृत्य समेत प्रस्तुत गरेका थिए । कार्यक्रममा विद्यालयका अभिभावक, विद्यार्थी, समाजसेवी र स्थानीय विद्यालयका प्रधानाध्यापक र शिक्षकहरुको उपस्थिति थियो ।

Biraj paints Nijgadh 9855021190

About Nijgadh.com