Breaking News
Home / स्थानिय समाचार / फागुन १४ गते शिव परियार निजगढ आउदै

फागुन १४ गते शिव परियार निजगढ आउदै

preholi3

बाराको निजगगढमा प्रि–होली कन्सर्ट– आउँदो फागुन १४ गतेको लागि गायक शिव परियार निजगढ आउदै छन । युथ अफ निजगढले आयोजना गर्ने सो सांगेतिक कार्यक्रममा शिव परियार लगायत श्रेया सोताङ, आतिश लामा र हास्य कलाकार जिग्रि र पाडे लयायत स्थानियले प्रस्तुति दिने बताउछन क्लबका अध्यक्ष राजन श्रेष्ठ । अध्यक्ष श्रेष्ठको जानकारी अनुसार क्लबले आयोजना गर्ने कन्सर्टको तयारीहरु सुरु भईसकेको छ । युथ अफ निजगढले यस भन्दा अघि पनि होलीको पुर्व सन्ध्यामा कार्यक्रमहरु राखेको थियो । कार्यक्रममा उठेको रकम पहिले झै यो बर्ष पनि जेहेन्द्वार विद्यार्थीहरुलाई प्रदान गरिने बताउछन क्लबका सविब कमल पराजुली । कार्यक्रम फागुन १४ गते शनिवार निजगढ गौरी शंकर उ मा विमा हुनेछ । कार्यक्रममा निजगढ केवल, रेडियो मध्य तराई , निजगढ समाचार , निजगढको पहिलो पत्रिका निजगढको अखबार र  निजगढ डट कम मिडिया पार्टनर रहनेछ ।

Biraj paints Nijgadh 9855021190

About Nijgadh.com