Breaking News
Home / स्थानिय समाचार / फास्ट ट्रयाक र निजगढ विमानस्थलको लागी मानव साङलो प्रदर्शन

फास्ट ट्रयाक र निजगढ विमानस्थलको लागी मानव साङलो प्रदर्शन

निजगढ , फाल्गुन २०

बाराको निजगढमा शुक्रबार दिउसो मानव साङ्गलो प्रदर्शन भएको छ । राष्ट्रिय गौरबको आयोजना फास्ट ट्रयाक (द्रुतमार्ग) का लागि केपी ओली प्रधानमन्त्री भएका बेला १० अर्व र निजगढमा बन्ने अन्र्तराष्ट्रिय विमानस्थल निर्माणका लागि टाँगियाबस्ती स्थान्तरण र जग्गाको मु आब्जाका लागि दुई अर्व रकम विनियोजन भई सकेपनि अहिलेको सरकारले काम नगरी भाषण मात्रै गरेर हिड्ने गरेको कार्यक्रममा सहभागी वक्ताहरुको भनाई छ । –

सार्वजनिक सरोकार समिति निजगढ, पथलैया बिकास संघ , अन्तर्राष्ट्रिय विमानस्थल, फास्ट ट्रयाक (द्रुतमार्ग) तथा हुलाकी मार्ग सरोकार समिति कोल्हवी, अन्तर्राष्ट्रिय विमानस्थल, फास्ट ट्रयाक (द्रुतमार्ग) सरोकार समिति काठमाण्डौंको आयोजनामा उक्त बृहत मानव साङ्गलो प्रर्दशन गरिको हो । निजगढमा भएको मानव साङ्गलो प्रर्दशनमा करिव दुई हजार भन्दा बढीको सहभागिता रहेको थियो ।

आयोजनामा मानव साङ्गलो प्रदर्शन पछी  निजगढ शहीद चोकमा कोण सभामा परिणत भएको थियो। साङ्गलो प्रदर्शनमा बारा क्षेत्र नं. ६ का माननिय सासंद पुरुषोत्तम पौडेल लगायत स्थानीयहरुको जनसागर सहभागीता थियो । पूर्वमन्त्रीले पौडेलले आयोजना निर्माणमा वर्तमान सरकार उदासीन रहेको बताएका छन् ।
उनले आयोजनाको लागि बजेट उपलब्ध गराउन वर्तमान सरकार तयार नभएको बताए । कुनै दलगत योजनामा मात्रै सरकार हिँडेको भन्दै सरकारको अालाेचना गरे । उनले देशभन्दा दलगत रूपमा सञ्चालन भएको सरकारबाट राष्ट्रिय गौरवको आयोजनाले महत्वमा नपाउने र त्यस्तो सरकारले निर्माण गर्न समेत नसक्ने पूर्वमन्त्री पौडेलको जिकिर छ ।
माधव नेपाल सरकारमा रहेको बेला सेनाले निजगढ- काठमाण्डौ फास्ट ट्रर्याको ट्रर्याक खोल्ने कार्य गरेको थियो । ट्रर्याको शिलन्यास पहिल्यै भए पनि केहि समय अघि प्रधानमन्त्री प्रचण्डले पुन शिलन्यास गर्ने कुरा गरेका थिए ।
manabsanglonijgadh 1
manabsanglonijgadh
manabsanglonijgadh2
manabsanglonijgadh3

manabsanglonijgadh5
manabsanglonijgadh6
manabsanglonijgadh7
manabsanglonijgadhlast

पथलैयामा पनि

त्यस्तै बाराको पथलैयामा पनि फास्ट ट्रयाक, दोस्रो अन्र्तराष्ट्रिय विमानस्थल निर्माणमा ढिलाईको विरुद्धमा मानव साङ्गलो प्रदर्शन भएको छ ।
manabsanglopathlaiya

 

 

Biraj paints Nijgadh 9855021190

About Nijgadh.com