Breaking News
Home / स्थानिय समाचार / आन्दोलन पछि शहिद हिरालाल मार्गको सडक निर्माण शुरु

आन्दोलन पछि शहिद हिरालाल मार्गको सडक निर्माण शुरु

nijgadhsahidroad

निजगढ २३ फाल्गुन
स्थानीयको आन्दोलनपछि सडक डिभिजन कार्यलय हेटौडाले पुर्वपश्चिम राजमार्गको धुलो नियन्त्रण गर्न बाराको निजगढस्थित शहिद चोकमा ढलान र नाला निर्माण शुरु गरेको छ ।
सडक कार्यालयको ताकेतापछि ठेक्कामार्फत शुरु भएर अधुरो रहेको निर्माणाधिन शहिद हिरालाल मार्गको अलपत्र काम समेत शुचारु भएको छ ।
बर्षाको भल पानि जमेर भत्किएको सडकमा हिउद लागेसंगै उडेको धुलो नियन्त्रण माग राखेर स्थानीय व्यावसायीले शुरु गरेको आन्दोलनपछि कार्यलयले ठेक्कामार्फत ३० लाख रुपैयामा ६० मिटर ढलान, ४० मिटर कालोपत्रे र राजमार्गको उत्तरी किनारामा १ सय ५० मिटर पक्की नाला निर्माण कार्य शुरु गरेको हो । भत्किएको सडक मर्मतमा सडक कार्यालयले चासो नदेखाएको र धुलो उढेर जनजीवन प्रभावित बनेको भन्दै स्थानीयले दुई साताअघि राजमार्गमा बिहान १ घण्टाको दरले ४ दिनसम्म यातायात्र अवरुद्ध पारेका थिए । पिडित व्यवसायीले सडकमा उत्रिएर राजमार्ग अवरोध गरेपछि कार्यालयले सडक मर्मतसंगै नाला र शहिद मार्गको अधुरो कार्य समेत तत्काल सुचारु गर्ने सहमति गरेको थियो।
सडक कार्यालयका इन्जिनियर जयराम अधिकारीले २ महिनाभित्र सम्पन्न गर्ने गरी राजमार्गमा ढलान र नाला निर्माणको काम शुरु भएको जानकारी दिए । उनका अनुसार हिरालाल मार्ग भने ठेकेदारसंगको संझौता अनुरुप असार मसान्तभित्र पुरा भइसक्ने छ । ढलान, नाला र शहिद मार्गको काम सम्पन्नपछि धुलोको समस्या अन्त्य हुने छ, इन्जिनियर अधिकारीले भने, स्थानीयको दवावले तत्काल काम शुरु गर्न शंभव भयो । निर्माण कार्य शुरु नभएसम्म हरेक दिन १ घण्टाका दरले राजमार्ग अवरुद्ध पार्ने क्रम बढाउदै लैजाने चेतावनी दिएपछि कार्यालयले ठेक्का प्रकृयामार्फत मर्मत र निर्माण कार्य शुरु गरेको थियो ।
राजमार्गको उत्तरतर्फ निर्माण शुरु भएको पक्की नाला र शहिद हिरालाल मार्गमा भएको ढिलासुस्तिले बर्षाको भल पानी जमेर राजमार्गका ठाउठाउमा करिव १ सय मिटर क्षेत्र एक बर्षअघि भत्किएको छ । बर्षामा हिलाम्मे हुदै आएको राजमार्गमा हिउद लागेसंगै धुलोको प्रकोप शुरु भएको हो । सडक र नाला निर्माण निम्ति एक बर्षअघि ठेक्का पाएको ठेकेदारले काम अधुरो छोडेर बेपत्ता बनेपछि पिडितले अघिल्लो बर्षायाममा हिलाम्मे सडकमा धान रोपेका थिए ।
बारा क्षेत्र नं. ६ का व्यवस्थापिका संसद पुरुषोत्तम पौडेलको कोटामा छनौटमा परेको शहिद हिरालाल मार्ग निर्माणको लागि सडक कार्यालयले देव एण्ड शयर जेपी प्रालिलाई ५ करोड र राजमार्ग किनाराको नाला निर्माणमा अशोक कन्ट्रकशन कलैयालाई कार्यालयले २० लाख रुपैयामा फागुनमा ठेक्कामा दिएको थियो ।

Biraj paints Nijgadh 9855021190

About Nijgadh.com