Breaking News
Home / समाचार / भारतीय सुरक्षाकर्मीद्वारा नेपाली मारिएको विरोधमा निजगढमा प्रदर्शन

भारतीय सुरक्षाकर्मीद्वारा नेपाली मारिएको विरोधमा निजगढमा प्रदर्शन

againstindiaryaliinnijgadh1 copy

निजगढ डटकम , फाल्गुन २७

भारतीय सीमा  सुरक्षा बल एसएसबीको गोली लागेर कञ्चनपुरको पुनर्वास–८, आनन्दबजारनजिक सीमामा एक नेपालीको मृत्यु भएपछि शुक्रबार निजगढमा गौरीशंकर क्याम्पसका विद्यार्थीहरुले र्याली निकालेका  छन् । गौरीशंकर क्याम्पस देखी शहिदचोक सम्म सो र्याली निकालिएको थियो । कञ्चनपुरको आनन्दबजारमा भारतीय हस्तक्षेपको विरोधमा उत्रिएका नेपालीमाथि भारतीय सीमा सुरक्षा बलले चलाएको गोली लागेर एक नेपाली गोविन्द गाैतमको मृत्यु भएको थियो ।


Biraj paints Nijgadh 9855021190

About Nijgadh.com