Breaking News
Home / स्थानिय समाचार / भक्तलालका अग्नी पिडितलाई कोरियाबाट सहयोग

भक्तलालका अग्नी पिडितलाई कोरियाबाट सहयोग

अखवार संवाददाता
बारा निजगढ नगरपालिका–१२ भक्तलालका अग्नी पीडितलाई दक्षिण कोरियामा रहेका निजगढका एक युवाले निजगढ नगरपालिका–१२ भक्तलालका अग्नी पीडितलाई सहयोग गरेका छन् ।
कोरियामा कार्यरत निजगढका–८ का सुवर्ण लामाले सांगेतिक समुह द अनोन ब्याण्डमार्फत अग्नी पीडित आइते सिंह भुलनलाई सहयोग गरेका हुन् ।
केहि साता अघि आगलानीबाट घर गुमाएका भुलन आगोमा ढाड जलेर घाइते भएपछि आर्थिक अभावका कारण औषधि उपचार खर्च धान्न नसकेर गाउँमै घरेलु उपचार गराई रहेका खबर सामाजिक संजाल र निजगढ डटकमबाट थाहा“ पाएपछि सहयोग लामाले गरेका हुन् ।agni pitit
उनले पठाएको सहयोग बोकेर निजगढको द अन्नोन ब्याण्डका म्यानेजर सोमसिंह लामा र भोकलिस्ट जितलाल श्रेष्ठ भुलनको घरमा पुगेका थिए । उनले घाईते भुलनको उपचार सुरु गराएका छन् ।

दुई हप्ता अघि त्यँहा आगलागी हुँदा चार घर धुरी जलेर नष्ट भएको थियो । आगलागीमा करिबन २० लाख बराबरको जनधनको क्षति भएको अनुमान गरिएको छ ।
प्रवासी नेपालीहरुले आफ्नो गाँउ ठाउ“मा विपत्ति आइलाग्दा सक्दो सहयोग गर्ने याड सान नेपाली परिवार (समिति) ले पनि यस विषयमा चाडो छलफल गरि सक्दो आर्थिक सहयोग गर्ने स्वर्ण लामा सोनुले बताए । केहि दिन अघि अग्नि पीडित परिवारलाई युवा संघ निजगढले पनि सहयोग सहयोग गरेको थियो ।

 

Biraj paints Nijgadh 9855021190

About Nijgadh.com