Home / स्थानिय समाचार / सांसद द्वारा बारा क्षेत्र नं ६ मा विकासको लहर

सांसद द्वारा बारा क्षेत्र नं ६ मा विकासको लहर

bikas lahar bara by purushottam

 

निजगढ डटकम ,८ सिमरा

पुर्व युवा तथा खेलकुल मन्त्रि एमव सांसद पौडेल बारा क्षेत्र नं ६ का सांसद पुरुषोतम पौडेलले सबै मिलेर देशको विकासमा लाग्नुपर्ने कुरामा जोड दिनुभएको छ ।

उहांले एमालेले मात्र जनताको चाहना अनुसार विकास गर्ने हुदा अगामी बैशाख ३१ ग्ते हुने स्थानिय निर्वाचनमा एमालेलाई जिताउन आग्रह गर्नुभएको छ । बाराको जितपुर सिमरा उपमहानगरपालिका १८ भारती टोलमा रहेको पुलको शुभारम्भ गर्दै उहांले सो कुरा बताउनुभएको हो । पुर्व युवा तथा खेलकुद मन्त्रि पौडेलले बैशाख ३१ ग्ते स्थानिय तहको निर्वाचन हुने र सो कार्यमा एमालेको जित सुनिश्चित भएको दाबि समेत गर्नुभएको छ । उहांले संविधान संसोधनको रटान छोडेर निर्वाचनमा आउन मधेसवादि दललाई आग्रह गर्नुभयो । सागर भारतिको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एमाले प्रदेश नं. २ का सदस्य सिता गुरुङ्ग, एमाले बाराका प्रचार विभाग प्रमुख मनोज पौडेल, पुर्व गांउ कमिटि अध्यक्ष अर्जुन दहाल, सचिव प्रेम यादब, कृष्ण भारती, स्व. मिठुराज भारतीका पत्नि उषा भारती लगाएतले बोल्नुभएको थियो । यसैगरी सांसद पौडेलले बेल्बाडीमा रहेको दलित भवन, मनहर्वाको श्रीपुरमा रहेको १० लाख लागतको कल्भर्ट र कलैया उपमहानगरपालिका अन्तरगत मझैलीयामा रहेको नेरा प्राविको कम्पाउण्ड वालको समेत शुभारम्भ गर्नुभयो । सो अवसरमा उहांले बारा जिल्लाको क्षेत्र नं. ६मा विकासको लहर सुरु भएको बताउनुभयो ।

Biraj paints Nijgadh 9855021190

About Nijgadh.com