राप्रपाको निजगढमा प्रदर्शन

स्थानिय समाचार

42 Views

 

rpp nijgadh pradarshan

निजगढ डटकम ,८ निजगढ

पार्टी विधानमा रहेको हिन्दू राष्ट्र र संवैधानिक राजतन्त्र हटाएको विरोधमा र  निर्वाचन आयोगमा धर्ना दिन गएका राष्ट्रिय प्रजातन्त्र पार्टीका कार्यकर्ता र प्रहरीबीच कान्तिपथमा झडप हटाएको विरोधमा राप्रपाले निजगढमा प्रदर्शन गरेको छ।

र्वाचन आयोगले संविधानको व्यवस्था देखाएर राप्रपाको पार्टी उद्देश्य खारेज गरिदिएको थियो। संविधानमा रहेको राजनीतिक दलसम्बन्धी व्यवस्थामा कुनै राजनीतिक दलको नाम, उद्देश्य, चिन्ह वा झन्डा देशको धार्मिक वा साम्प्रदायिक एकातामा खलल पार्ने वा देशलाई विखण्डित गर्ने प्रकृतिको रहेछ भने भने त्यस्तो दल दर्ता हुने छैन भन्ने व्यहोरा उल्लेख छ। संविधानको सो व्यवस्थाअनुसार अायोगले राप्रपा विधानबाट ‘हिन्दू राष्ट्र र राजतन्त्र…’ हटाएको थियो।

राप्रपाले आयोगको निर्णयविरुद्ध सदनमा संविधान संशोधन प्रस्ताव समेत लगेको छ। उसले नेपाललाई हिन्दू राष्ट्र बनाउनुपर्ने पर्ने भन्दै संसद सचिवालयमा अाइतबार संशोधन प्रस्ताव दर्ता गराएको थियो।