Breaking News
Home / स्थानिय समाचार / निजगढ कान्तिपुर पोल्टी फर्ममा आगलागी : करोडौको क्षति

निजगढ कान्तिपुर पोल्टी फर्ममा आगलागी : करोडौको क्षति

fire @ kantiform Nijgadh bara

जितलाल श्रेष्ठ, निजगढ
निजगढ–७ स्थित कान्तिपुर पोल्टी ब्रिडिङ फर्ममा गएराति आगलागी हुदा करिब ५ करोड रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ ।
सो फर्ममा रहेको हाउस नं. २ को संरचनामा जङल तर्फको भागबाट आगलागी शुरू भएको फर्मका कर्मचारीहरूले बताए । आगोले फर्मको हाउस नं. २ पूर्णरूपमा जलेर ध्वस्त भएको छ । बिहीवार सा“झ करिब ७ः३० बजे फर्ममा आगलागी भएको हो । उक्त हाउस जलेर ध्वस्त हुँदा फर्ममा रहेको करिब ५०० प्रजातिका ११ हजार कुखुराको व्यवस्थापनमा कठिनाइ भएको फर्म सञ्चालक नवराज पौडेलले बताए । “आगलागीका कारण उपयुक्त स्थान अभाव भएको छ । जसका कारण कुखुरा मर्न े र अझै क्षति हनु सक्न े सम्भावना छ,” सञ्चालक पौडेलले भने । आगलागीका कारण खुल्न सकेको छैन ।
विद्युत् सप्लाइको गडबडीका कारण आगलागी नभएको सञ्चालक पौडेलको भनाइ छ । आगलागीको कारण अझै यकिन हुन नसकेको निजगढ इलाका प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी निरीक्षक दीपककुमार रायले बताए । आगो नियन्त्रण गर्न चन्द्रपुर, कलैया, अमलेखगंजबाट वरुणयन्त्र घटनास्थल आइपुग्दा सो हाउस पूर्णरूपले जलेर ध्वस्त भइसकेको थियो । चल्ला उत्पादन गर्द ै आएको  सो फर्म ६ बिघा क्षेत्रफलमा छ । करिब २५ करोडको लागतमा सञ्चालित अत्याधुनिक सो फर्म विगत दुई वर्षदेखि सञ्चालनमा आएको हो ।

Biraj paints Nijgadh 9855021190

About Nijgadh.com