Home / स्थानिय समाचार / यती डेभलपमेण्ट बैंक लिमिटेडको टागिया बस्तीमा बित्तीय साक्षरता कार्यक्रम सम्पन्न

यती डेभलपमेण्ट बैंक लिमिटेडको टागिया बस्तीमा बित्तीय साक्षरता कार्यक्रम सम्पन्न

Tangiya basti
निजगढ डट कम , निजगढ

जोडौं एक नाता खोली बैंकमा खाता भन्ने नाराका साथ यती डेभलपमेण्ट बैंक लिमिटेड निजगढ शाखाले संस्थागत सामाजिक उत्तरदायित्व अभियान अन्तर्गत मिति २०७३÷१२÷१९ गते टागिया बस्ति बारामा समूदायमा आधारित वित्तीय साक्षरता कार्यक्रम सम्पन्न ग¥यो । उक्त अवसरमा समूदायका बिभिन्न क्षेत्रमा रहेका १०० जना भन्दा बढि व्यक्तिहरुको सहभागिता रहेको थियो । उक्त कार्यक्रमको सहजिकरण निजगढ शाखाका प्रबन्धक श्री अच्युत सुबेदी ज्यूले गर्नु भएको थियो र उहाँले उक्त कार्यक्रममा बैंकको परिचय, बैंकले गर्नेे काम, बचत गर्ने बानीको बिकाश कसरी गनर्,े बैंकले दिने विभिन्न सेवा तथा सुविधाहरुको बारेमा समेत जानकारी गराउनु भएको थियो । सोहि अवसरमा बिभिन्न रेमिट्यान्स सेवाहरुको बारेमा जानकारी गराउनुको साथै प्रयोगात्मक रुपमा चेक तथा बचत (मभउयकष्त) भौचर भर्न समेत सिकाइएको थियो । वातावरण स्बच्छ राखौ भन्ने नारालाई आत्मसाथ गर्दै बैंकको लोगो अकिंत १०० ओटा वातावरणमैत्री भmोला बितरण गरिएको थियो । उक्त कार्यक्रमलाई सफलतापूर्वक संचालन गर्न श्री ने. रा. नि. मा. बिद्यालयका प्रधानाध्यापक श्री मानबहादुर थापा र जिल्ला समन्वय कार्यालय कलैयाका कर्मचारी श्री रमेश सापकोटा ज्यूको विशेष सहयोग रहेको थियो । उक्त स्थान तथा समूदायमा पहिलो पटक बैकिङ्ग साक्षरता कार्यक्रम संचालन हुँदा सहभागिहरुले आफूहरुले बैंक तथा बित्तिय संस्थाले प्रदान गर्ने सेवा सुविधाहरुको बारेमा जानकारी पाई लाभान्वित भएको प्रतिक्रिया दिएका थिए ।

Biraj paints Nijgadh 9855021190

About Nijgadh.com