Home / स्थानिय समाचार / निजगढ नगरपालिकामा मेयरको आकाङ्क्षी को को ?

निजगढ नगरपालिकामा मेयरको आकाङ्क्षी को को ?

nijgadh mayorlist

वैशाख ३१ गते हुन लागेको स्थानीय तहको निर्वाचनले यतिबेला देशै चुनावमय भएको छ । गाउँटोल चोकचौतारो सबैतिर चुनावी माहोलले एकाएक तातेको छ । सबैतिर चुनावी बहससँगै राजनैतिक क्रियाकलापहरुले पनि तिब्रता पाएको छ । करिब १९ वर्षपछि हुन लागेको स्थानीय तहको निर्वाचनमा निजगढको मेयर पदका लागि राजनीतिक दलहरुभित्र आन्तरिक प्रतिष्पर्धा तीब्र भई रहेका छन् ।
निजगढ नगरपालिकाको ३५ हजार जनसङ्ख्याको नेतृत्व गर्न स्थानीय प्रमुख दलहरु नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र र राप्रपाले पछिल्लो समयमा चुनावी क्रियाकलाप तिब्र बनाएको छ । उनीहरुले मेयर पदको महत्व र गरिमालाई अझ बढी उचाईमा पुर्याएका छन् । त्यसैले प्रत्यक्ष निर्वाचित हुनसक्ने ‘लोकप्रिय’ र नेतृत्व गर्न सक्षम व्यक्तिको खोजीमा दलहरु आन्तरिक रुपमा लागिपरेका छन् ।

को को छ न त एमालेमा ?

नेकपा एमाले तर्फबाट मेयरमा अहिले सुरथ पुरी र एक बहादुर श्रेष्ठको नाम एमालेमा  बढि चर्चामा छ ।  पूर्व गाविस अध्यक्षसमेत रहेका एकबहादुर श्रेष्ठ,  युवा नेता सुरथ पुरी, नारायण खड्का, दिलबहादुर लामा लगायतका नाम चर्चामा छन् । तर उनीहरुले आफ्नो उम्मेद्वारीबारे सार्वजनिक टिप्पणी गरेका छैनन् ।

को को छ न त नेपाली कांग्रेसबाट  ?

नेपाली कांग्रेसबाट करिब १ दर्जन नेताको नाम चर्चामा रहेको छ । चर्चाअनुसार सुरेश खनाल, पेमा सिद्धी लामा, किशोर नेपाल,  नवराज तिमल्सिना लगायतका छन् । त्यसैगरी २०७० सालमा दोश्रो संविधानसभाका प्रत्याक्षी शम्भुबहादुर बुढाथोकीको नामसमेत चर्चामा छ ।

नेकपा माओवादी केन्द्रमा ?

नेकपा माओवादी केन्द्रले पनि मेयर पदका लागि वडाहरुबाट नामावली सङ्कलन गरिरहेको छ ।  मेयरको लागि  वेनिबहादुर लामाको नाम चर्चामा छ ।

राप्रपा

राप्रपाले अन्य दलको उम्मेदवारहरूको अाधारमा अाफ्ना उम्मेदवार उठाउने भने पनि भित्री रूपमा उम्मेदवार तय गरिसकेको छ । राप्रपामा शिवप्रसाद तिमल्सिना, बासुदेव तिमल्सिना लगायतका अाकाङ्क्षी मेयरको मैदानमा उत्रन तयार देखिन्छ ।
nijgadh mayorlist

Biraj paints Nijgadh 9855021190

About Nijgadh.com