Home / समाचार / विकिपिडिया अब डोटेली भाषामा पनि

विकिपिडिया अब डोटेली भाषामा पनि

काठमाडौं, वैशाख १२ – विश्वको सवैभन्दा ठूलो विद्युतीय पुस्तकालय विकिपिडिया अब डोटेली भाषामा पनि हेर्न सकिने भएको छ । दुई वर्षअघि निर्माण सुरु गरिएको डोटेली विकिपिडियाको निर्माण सम्पन्न भएसँगै इन्टरनेट भएको विश्वको जुनसुकै ठाउँबाट पनि डोटेली भाषामा आफूले चाहेको कुरा प्राप्त गर्न सकिनेछ ।

विकिपिडिया विश्वको सबैभन्दा ठूलो अनलाइन पुस्तकालय हो । इन्टरनेटको बढ्दो प्रयोगसँगै आफ्नो मातृभाषा ‘डोटेली भाषा’ को प्रचार–प्रसार, संरक्षण र प्रवद्र्धनका लागि सहयोग पुर्‍याउन डोटेली भाषामा पनि विकिपिडिया सञ्चालन गरिएको नेपाली विकिपिडियाका प्रबन्धक तथा डोटेली विकिपिडियाका सम्पादक रमेशसिंह बोहराले जानकारी दिनुभयो ।

२०३९ सालमा आरडिप्रसाद चटौत (प्रभास) ले बृहत डोट्याली शब्दकोष लेखेपछि डोटेली भाषाले सन् २०१२ को फेब्रुअरी १० तारिखमा अन्तर्राष्ट्रिय आइएसओ कोड प्राप्त गरेको थियो । डोटेली भाषामा विकिपिडिया उपलब्ध गराउन दुई वर्ष अगाडिदेखि  सुदूरपश्चिमका युवा अग्रसर भएका थिए ।

यसमा रामप्रसाद जोशी, जनकराज भट्ट, रमेशसिंह बोहरा, रिराजन पन्त, खेम ठकुल्ला, सरोज उप्रेती र विप्लव आनन्दले दुई वर्ष खटिनुभएको थियो । आधुनिक समयमा शब्दहरूसँगै सान्दर्भिक लेख संग्रहका रूपमा रहेको विकिपिडिया अंग्रेजीसँगै दुई सय ८८ भन्दा बढी भाषामा उपलब्ध छ  ।

स्रोत : उज्यालो

Biraj paints Nijgadh 9855021190

About Nijgadh.com