Home / समाचार / सरकारी विद्यालयका कर्मचारी निजी विद्यालयमा सरुवा

सरकारी विद्यालयका कर्मचारी निजी विद्यालयमा सरुवा

पर्सा, वैशाख १२ – सरकारी विद्यालयका कर्मचारीलाई निजी विद्यालयमा काजमा सरुवा गरिएको भेटिएको छ । वीरगञ्जमा रहेको सिद्धार्थ माध्यमिक विद्यालयका प्राधानाध्यापक राजेश पाण्डेले बस चालक जहुर मियालाई ज्ञानदा एकेडेमी नामको निजी विद्यालयमा ६ महिनाका लागि काज सरुवा गरेका हुन् । चैत ८ गतेका ६ महिनामा काज सरुवा गरिएको पत्र आफूले पाएको मियाले बताउनुभयो । विद्यालयका प्रधानाध्यापक पाण्डेले भने विद्यालयमा बस नभएको र मियाले बस चलाउने बाहेक आफूले कुनै काम नगर्ने भनेपछि तर्साउनका लागि सरुवा गरेको बताउनुभयो ।

मियाको सरुवा भएको स्कुल ज्ञानदा एकेडेमी, सिद्धार्थ माध्यामिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष विजय सरावगीको स्वामित्वमा रहेको छ  । उहाँ  संघीय समाजवादी फोरमका तर्फबाट वीरगञ्ज उपमहानगरको मेयरको दाबेदारको रुपमा हुनुहन्छ ।

चालकको निजी विद्यालयमा काज सरुवा भएको बिषयमा शशीकपुर मिया, सुधीरनाथ पाण्डे, शिव पटेल र वीरेन्द्र यादवलगायतका राजनीतिक अगुवाहरुले मंगलबार नै पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेलाई भेटेर ध्यानाकर्षण गराएका छन् । उनीहरुले विद्यालयलाई मनपरी रुपमा सञ्चालन गर्ने परिपाटीको विकास भएको प्रति चिन्ता व्यक्त गरेका थिए । जवाफमा प्रमुख जिल्ला अधिकारी घिमिरेले जिल्ला शिक्षा अधिकारी केदार तिवारीलाई कारवाही गर्न निर्देशन दिनुभयो । जिल्ला शिक्षा अधिकारी केदार तिवारीले प्रधानाध्यापकको काम देखेर आफू दंग परेको बताउनुभयो । विद्यालयका प्रधानाध्यापक पाण्डेविरुद्ध यो भन्दा अगाडि विद्यालयकै कर्मचारीहरुले अधिकारको दुरुपयोग गरेको भन्दै अख्तियार दुरुपायोग अनुसन्धान आयोगमा उजुरी गरेका छन् ।

स्रोत : उज्यालो

Biraj paints Nijgadh 9855021190

About Nijgadh.com