Home / समाचार / धादिङमा ट्रक दुर्घटना, १३ जना घाइते, सातको अवस्था गम्भीर

धादिङमा ट्रक दुर्घटना, १३ जना घाइते, सातको अवस्था गम्भीर

धादिङ, वैशाख १२– धादिङको सिद्धलेक गाउँपालिका–५ चापखोलामा मंगलबार भएको ट्रक दुर्घटनामा १३ जना घाइते भएका छन् । ती मध्ये सात जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

गम्भीर घाइते हुनेहरुमा सिद्धलेक गाउँपालिका–५ का ४५ वर्षीय गाडीधनी कूलबहादुर श्रेष्ठ, ३७ वर्षीया मिनाकुमारी श्रेष्ठ, नीलकण्ठ नगरपालिका– ७ का नौ वर्षीय सुदिप श्रेष्ठ, पाँच वर्षीय सुजन श्रेष्ठ, २७ वर्षीया लक्ष्मी श्रेष्ठ र नवराज श्रेष्ठ र नीलकण्ठ नपा–४ का १९ वर्षीय रोजन श्रेष्ठ छन् । अन्य घाइतेको अवस्था सामान्य छ ।

कालुपाण्डे मार्गको कालीदहबाट कुम्पुरका लागि छुटेको बा ३ ख ८७८८ नं। को स्वराज ट्रक कच्चीसडकबाट पल्टिएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दिपेन्द्र पञ्जीयारले जानाकारी दिनुभयो ।

कुम्पुरतर्फ पसलको सामान लिएर जाँदै गरेको सो ट्रकमा उनीहरु सवार थिए । घाइतेहरुको जिल्ला अस्पतालमा उपचार भइरहेको छ भने तीन जनालाई उपचारका लागि काठमाडाँैतर्फ पठाइएको प्रहरीले जनाएको छ ।

स्रोत : उज्यालो

Biraj paints Nijgadh 9855021190

About Nijgadh.com