Home / समाचार / दोस्रो चरणको चुनावको लागि यस्तो छ कार्यतालिका

दोस्रो चरणको चुनावको लागि यस्तो छ कार्यतालिका

काठमाडौं, वैशाख ११ – निर्वाचन आयोगले पहिलो चरणको चुनावको कार्यतालिका संशोधन गरेको छ भने दोस्रो चरणको चुनावका लागि कार्यतालिका सार्वजनिक गरेको छ । सरकारले वैशाख ३१ गते पहिलो र जेठ ३१ गते दोस्रो दुई चरणमा चुनाव गर्ने निर्णय गरेसँगै आयोगले नयाँ कार्य तालिका सार्वजनिक गरेको हो । प्रदेश नम्बर ३, ४ र ६ मा पहिलो र बाँकी प्रदेशमा दोस्रो चरणमा चुनाव गर्ने सरकारले निर्णय गरिसकेको छ । वैशाख ३१ मा हुने चुनावका लागि यसअघि तय गरिएको कार्यतालिका ३ दिन पर सारिएको छ । प्रमुख आयुक्त अयोधिप्रसाद यादवका अनुसार १६ गतेका लागि तय गरिएको मनोनयन १९ गते हुने भएको छ ।

उम्मेदवारको अन्तिम नामावली प्रकाशन र चुनाव चिन्ह २२ गते प्रदान गरिने भएको छ । त्यस्तै, दोस्रो चरणको चुनावका लागि जेठ १९ गते मनोनयन दर्ता, २० गते उम्मेदवार उपर उजुरी दिने, २१ गते उम्मेदवारी फिर्ताका लागि समय दिने र २२ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ ।

आयोगले दोस्रो चरणको चुनावका लागि अर्को मतपत्र नछाप्ने जानकारी गराएको छ । चुनाव चिन्ह माग गरिरहेका दललाई निर्वाचन कानुनअनुसार अब चिन्ह प्रदान गर्न नसकिने र अहिले छापिएको मतपत्र खेर जाने भएकाले फेरि मतपत्र नछाप्ने प्रमुख आयुक्त अधियोधिप्रसाद यादवले जानकारी दिनुभयो ।

स्रोत : उज्यालो

Biraj paints Nijgadh 9855021190

About Nijgadh.com