Breaking News
Home / समाचार / राष्ट्रपति भण्डारीद्वारा भूकम्पले भत्काएका सम्पदाको अवलोकन (फोटोफिचर)

राष्ट्रपति भण्डारीद्वारा भूकम्पले भत्काएका सम्पदाको अवलोकन (फोटोफिचर)

भक्तपुर, वैशाख १२ – राष्ट्रपति विद्यादेवी भण्डारीले विश्व सम्पदा सूचिमा सूचिकृत भक्तपुर दरबार क्षेत्रको मंगलबार अवलोकन गर्नुभएको छ । उहाँले भक्तपुरमा पुनर्निर्माण भइरहेको दरबार क्षेत्रको गेट, रामेश्वर, बद्री, केदार, वत्साला मन्दिरलगायत दरबार क्षेत्रभित्र भूकम्पले भत्काएका मन्दिर, लामोपाटी सत्तल, राष्ट्रिय कला संग्रहालय, पशुपति मन्दिर लगायत सम्पदाको अवलोकन गर्नुभएको हो । गोरखा केन्द्रबिन्दु बनाई भूकम्प गएको दुईवर्ष पुगेको दिन मंगलबार उहाँले भूकम्पले भत्काएका भक्तपुरको सम्पदाको अवस्था र पुनर्निर्माणको बारेमा जानकारी लिनुभयो ।  उहाँले अवलोकनसँगै भूकम्पले भत्काएका सम्पदाको पुनर्निर्माणका क्रममा परम्परागत रुपमा रहेका मौलिक संस्कृतिको संरक्षण हुने गरी काम गर्नुपर्ने बताउनुभयो । स्थानीय श्रोत साधनको प्रयोग, स्थानीय जनशक्तिको प्रयोग हुनुपर्नेमा जोड दिदै उहाँले पुनर्निर्माणलाई तिब्रता दिनु पर्ने राष्ट्रपति भण्डारीले बताउनु भएको थियो । उहाँले पुनर्निर्माणको अवस्था, काठ अभाव भए नभएकोबारेमा समेत जिज्ञासा राख्नु भएको थियो ।

 

राष्ट्रपति भण्डारीद्वारा भूकम्पले भत्काएका सम्पदाको अवलोकन (फोटोफिचर)

राष्ट्रपति भण्डारीद्वारा भूकम्पले भत्काएका सम्पदाको अवलोकन (फोटोफिचर)

राष्ट्रपति भण्डारीद्वारा भूकम्पले भत्काएका सम्पदाको अवलोकन (फोटोफिचर)

राष्ट्रपति भण्डारीद्वारा भूकम्पले भत्काएका सम्पदाको अवलोकन (फोटोफिचर)

राष्ट्रपति भण्डारीद्वारा भूकम्पले भत्काएका सम्पदाको अवलोकन (फोटोफिचर)

राष्ट्रपति भण्डारीद्वारा भूकम्पले भत्काएका सम्पदाको अवलोकन (फोटोफिचर)

राष्ट्रपति भण्डारीद्वारा भूकम्पले भत्काएका सम्पदाको अवलोकन (फोटोफिचर)

राष्ट्रपति भण्डारीद्वारा भूकम्पले भत्काएका सम्पदाको अवलोकन (फोटोफिचर)

Biraj paints Nijgadh 9855021190

About Nijgadh.com