Home / स्थानिय समाचार / प्रधानन्यायधिशको महाअभियोग बिरुद्ध प्रर्दशन (भिडियो सहित)

प्रधानन्यायधिशको महाअभियोग बिरुद्ध प्रर्दशन (भिडियो सहित)

१९ बैशाख, निजगढ ।
प्रधानन्यायधिश सुशिला कार्की माथि लगाईएको महाअभियोग तुरुन्त फिर्ता गर्न माँग राख्दै मंगलवार बिहान  निजगढमा प्रर्दशन गरिएको छ ।
नेकपा एमालेका विभिन्न जनवर्गीय संगठनले निजगढमा विरोध प्रर्दशनको आयोजना गरेको हो । ‘संवैधानिक कानुन भन्दा माथि कोही हुँदैनन् , तोकिए कै समयमा निर्वाचन सम्पन्न गर’ ,  न्याय मूर्ति माथि लगाईएको महाअभियोग तुरुन्त फिर्ता गर  लगायतको बिभिन्न नारा लगाएका थिए । महाअभियोग प्रस्तावको फिर्ता लिन माग गर्दै शहीद चोकदेखि निजगढ बजार सम्म र्याली निकालेको थियो । सहभागीहरुले सरकार विरुद्ध चर्को नारा लगाउनुका साथै प्लेकार्ड सहित सडकमा प्रदर्शन गरेका थिए।

ryali mahaaviyog

Biraj paints Nijgadh 9855021190

About Nijgadh.com