Home / समाचार / एमालेको भोट माग्दै महानायक राजेश हमाल

एमालेको भोट माग्दै महानायक राजेश हमाल

Rajesh hamal amale cpn uml vote
नेकपा (एमाले) का काठमाडौँ महानगरपालिका वडा २६ का उम्मेदवार देवेन्द्र रिमाललाई नेपाली चलचित्र जगतका महानायक राजेश हमालको साथ र महाकवि माघव घिमिरेको  आशीर्वाद रहेको छ ।

२६ नम्बर वडाको मतदाता रहनुभएका महानयक हमाल आज बिहान एमालेका  उम्मेदवार रिमालको घरदैलो कार्यक्रममा सँगसँगै  देखिनुभएको छ ।  हमालले आफ्नो वडामा भएको घरदैलो कार्यक्रममा एमाले उम्मेदवारलाई साथ दिँदै केहीबेर घरदैला अभियानमा सहभागी हुनुभएको हो ।  उहाँले घरदैलो कार्यक्रममा सबै टोलबासीलाई हात हल्लाउँदै भोट मागेको देखिएको छ । त्यसैगरी, एमालेका उम्मेदवार रिमाल महाकवि घिमिरेको घरमै पुगेर आशीर्वाद माग्नुभएको छ । रिमाललाई  राम्रो गर्नु, मेरो आशीर्वाद छ, भोट पक्का  भन्नुभएको उम्मेदवार रिमालले जानकारी दिनुभएको छ ।

एमालेको भोट माग्दै महानयक राजेश हमाल
Rajesh hamal amale cpn uml vote

Biraj paints Nijgadh 9855021190

About Nijgadh.com