Breaking News
Home / स्थानिय समाचार / काङ्ग्रेसको पुर्व वडा अध्यक्ष सहित सयौं एमालेमा प्रवेश

काङ्ग्रेसको पुर्व वडा अध्यक्ष सहित सयौं एमालेमा प्रवेश

barama amale prabesh garne lahar congress bataदोस्रो चरणको निर्वाचन नजिकिदै गर्दा बाराको निजगढ नगरकमिटीको आयोजनामा शनिवार निजगढ वाड न.१२को  कार्यकर्ता भेलामा   नेपाली काङ्ग्रेसबाट पुर्व स्थानीय निर्बाचनमा साबिक रतनपुरी गा बि स वाड न.५ बाट वडा अध्यक्षमा निर्बाचित जनप्रतिनिधी बेद बहादुर थिङ  सहित सामाजसेवि इन्द्र लाल श्रेष्ठ(किरण) लगायत सयौ नेकपा एमाले प्रवेश गरेका छन ।

पहिलो चरणको निर्वाचनमा नेकपा एमालेले राम्रो मत ल्याउनुमा राष्ट्रियताको सवालमा नझुकेकोमा अहिले तराईमा एमाले पार्टि प्रवेश गर्नेको संख्या बढेको छ । पार्टी प्रवेश कार्यक्रममा बेद बहादुर थिङले नेकपा एमालेले बाराको निजगढमा मात्र नभएर देशै भरी विकाशको कार्यक्रम ल्याएर जनताको मन जितेको बताए । पार्टी प्रवेश कार्यक्रमा पुर्व खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले बारा सधै झै लाल किल्ला रहने र यस क्षेत्रमा मात्र नभएर एमालेले बहुमत ल्याउनेमा आफु र सम्पुर्ण जनता ढुक्क भएको बताए ।

Biraj paints Nijgadh 9855021190

About Nijgadh.com