Breaking News
Home / स्थानिय समाचार / निजगढमा मेयरका लागि ९ जना उम्मेदवारको मनोनयन दर्ता | हेरौ को को ?

निजगढमा मेयरका लागि ९ जना उम्मेदवारको मनोनयन दर्ता | हेरौ को को ?

जितलाल श्रेष्ठ , निजगढ,
स्थानीय तह निर्वाचनको लागि निजगढ नगरपालिकामा विभिन्न राजनीतिक दलर स्वतन्त्र गरी मेयर पदका लागि ९ जनाले उम्मेदवारी दर्ता गरेका छन् ।
निर्वाचन अधिकृतको कार्यालय निजगढका अनुसार नेकपा एमालेबाट यमबहादरु खड्का , नेपाली काँग्रेसबाट सुरेशकुमार खनाल, माओवादी केन्द्रबाट रूकु आचार्य, राप्रपा नेपालबाट खड्गबहादुर आले, राप्रपा प्रजातान्त्रिकबाट मानबहादुर सापकोटा, राजपाबाट मोजहर मन्सुर, नेपाल लोकतान्त्रिक फोरमबाट मीरा अधिकारी गौतम, सङ्घीय समाजवादी फोरम नेपालबाट बुद्धिमान घिसिङ र स्वतन्त्ररूपमा सुमन भुलुनले मेयर पदमा उम्मेदवारी दर्ता गराएका हुन् । त्यसैगरी, उपमेयर पदमा एमालेबाट  लीलादवे ी लामिछान,े नपे ाली काङग्से्र बाट सीता मैनाली, माओवादी केन्द्रबाट बेनीबहादुर मोक्तान, राप्रपा नेपालबाट सावित्रीदेवी भारती, राप्रपा प्रजातान्त्रिकबाट ललिमाया र स्वतन्त्ररूपमा कौशिला गौतम, राधा अर्याल र चित्रबहादुर धितालले उम्मेदवारी दर्ता गराएका छन् ।

umedwari darta @ nijgadh

दलका कार्यकर्ताहरू नारा जुलुससहित निजगढ नगरपालिकामा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगी मनोनयन दर्ता गराएका हुन् । नपे ाली काङग् से्र र माआवे ादी कन्े दल्र े मेयर र उपमेयर दुवै पदमा उम्मेदवारी दर्ता गरे पनि दुवै दलले गठबन्धन गरी चुनाव लड्ने तीव्र तयारी गरिरहेको दुवै दलका निकट स्रोतबाट बुझिन आएको छ । काँग्रेसले  मेयर र माओबादी केन्द्रले उपमेयरको  लागि गठबन्धन गर्न े सा्र ते ले जानकारी दिएको छ । सोही सहमति अनुसार माओवादी केन्द्रले यसअघि मेयर पदमा निर्णय भएका बेनीबहादुर मोक्तानलाई उपमेयरको उम्मेदवार बनाएको छ भने सामान्य कार्यकर्तालाई मेयरको उम्मदे वार बनाएका े छ । काङग् से्र का उपमेयर उम्मेदवारले सहमति अनुसार मनोनयन फिर्ता लिने बताइएको छ । दुई दलबीच भएको सहमति अनुसार वडा नं. ६ मा काङग् से्र का कशे व राउत अध्यक्षको उम्मेदवार बनेका छन् । सो वडामा काँग्रेसले  ३ वडा सदस्य र माआवे ादी केन्द्रले २ सदस्य पदमा मनोनयन दर्ता गरेका छन् । त्यसैगरी, निजगढका अन्य वडामा पनि दुई दलबीच तालमेल गरी संयुक्तरूपमा चुनाव लड्ने सहमति बनिरहेको स्रोतले बताएको छ । बाजागाजा, चुनावी गीत बजाउ“दै  विभिन्न दलका उम्मेदवारहरू कार्यकर्ताका साथमा उत्साहपूर्णरूपमा मनोनयन दर्ता  गर्न आएका थिए । मनोनयन दर्ता स्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र सादा पोशाकमा खटेका प्रहरीले कडा सुरक्षा व्यवस्था गरेका थिए । निजगढ गरपालिकाको १३ वटा वडामा १६ वटा मतदान स्थल, २८ वटा मतदान केन्द्र रहेका छन् । ३५ हजार ३३५ जनसङ्ख्या रहेको निनपामा २० हजार ७९४ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय बाराले जनाएको छ ।

 

Biraj paints Nijgadh 9855021190

About Nijgadh.com