Home / स्थानिय समाचार / एमालेलाई जिताउन निजगढका जनता आतुर

एमालेलाई जिताउन निजगढका जनता आतुर

आउदै गरेको तेस्रो चरणको स्थानीय निर्वाचनमा निजगढ बासी एमालेलाई जिताउन आतुर रहेका छन ।
एमालेको तर्फबाट मेयरमा यम ब खडका (नारायण ) र उपमेयरमा लिला लामीछाने रहेकी छिन । प्रतिशपर्दीमा भने काङ्ग्रेस – माओवादीको गठबन्धनमा काङ्ग्रेसमा मेयरको तर्फबाट शुरेश खनाल र उपमेयरमा माओवादीका वेनी ब मोक्तान रहेकाछन ।

दुईपटक वडा अध्यक्ष निर्वाचित भईसकेका खडका स्थानिय स्तरमा निकै लोकप्रिय समाजसेवी मानिन्छन् भने लामिछानेलाई स्थानीय शालिन र क्षमतावान व्यक्तीको रुपमा लिइन्छन । 

एमालेको लोकप्रियलाई लिएर काङ्ग्रेस – माओवादीले गठबन्धन गरेपनि मतदाता एमालेलाई नै जिताउन आतुर रहेको दावी गर्छन खडका ।

२०४३ सालको गाउँ पन्चायती चुनाब देखीनै एमाले बाराको निजगढमा शक्तीशाली र बिकाशप्रेमी पार्टी मानिन्छन । 

Biraj paints Nijgadh 9855021190

About Nijgadh.com