Breaking News
Home / स्थानिय समाचार / नव निर्वाचित पधारीकारीहरुले यसरी सपथ लिए Nijgadh.com Report (भिडियो सहित)

नव निर्वाचित पधारीकारीहरुले यसरी सपथ लिए Nijgadh.com Report (भिडियो सहित)

sapat karyakram @ nijgadh muncpility

सर्वाधिक चासो रहेको निजगढमा नेपाली कांग्रेस-माओवादी केन्द्र गठबन्धनमा माओवादीलाई फापेन । गठबन्धनबाट कांग्रेसले मेयरमा जितेका छन् । गठबन्धनको माओवादीले उपमेयर पनि पाएन । र, एउटा वडामा समेत जित हासिल गर्न सकेन । गठबन्धनबाट कांग्रेसबाट मेयर सुरेश खनालले ७ हजार ६ सय ४८ मत ल्याएर विजयी भए ।

गठबन्धनका माओवादी तर्फका उपमेयर उम्मेदवार बेनीबहादुर मोक्तानलाई एमालेकी लीला देवी लामिछानेले हराइन् । लामिछानेले ६ हजार ७ सय ७३ मत ल्याएर मोक्तानमाथि कब्जा जमाइन् । मोक्तानले ६ हजार ३ सय ७३ मत मात्र ल्याएपछि हार बेहोरे । उनले लामिछाने भन्दा ४ सय मत कम ल्याएपछि गठबन्धनबाट पराजय भोग्नु परेको हो ।

१३ वटा वडा रहेको निजगढमा कांग्रेसले मेयरसहित ५ वटा वडा कब्जा गरेको छ । गठबन्धनसित टकराव लिएका एमाले एक्लैले उपमेयरसहित ८ वटा वडामा जित हासिल गर्यो । माओवादीले भने शुन्य हात पारे ।

नवनिर्वाचित निजगढका मेयर , उपमेर तथा वडा अध्यक्षहरुले शुक्रवार नगपालीका भवनमा यसरी सपथ लिएका थिए हेरौ भिडियो

Biraj paints Nijgadh 9855021190

About Nijgadh.com