Breaking News
Home / स्थानिय समाचार / ‘हाम्रो मामाघर’ द्वारा सम्मान कार्यक्रम सम्पन्न

‘हाम्रो मामाघर’ द्वारा सम्मान कार्यक्रम सम्पन्न

hamro mamaghar nijgadhशान्तकुमार सापकोटा , निजगढ

गरिव तथा अनाथ बालबालिकाहरुको हितको लागि निजगढ नगरपालिका १० लालगाउँमा स्थापना भएको ‘हाम्रो मामाघर’ नामको संस्थाले शनिबार नगरपालिकाका नव निर्वाचित जनप्रतिनिधिहरुको सम्मान गरेको छ । साथै संस्थालाई आर्थिक, भौतिक एवं सामाजिक रुपमा सहयोग गर्ने विभिन्न संघ संस्था र महानुभावलाई पनि सो आवशरमा सम्मान गरियो । कार्यक्रमका संस्थाका अध्यक्ष उदयराज अधिकारीले निजगढ नगरपालिकामा निर्वाचित मेयर सुरेश खनाल, वडा अध्यक्षहरु मंगल लोप्चन, पद्मबहादुर मोक्तान, टेकबहादुर लामा, ज्ञानबहादुर गोले लगायतलाई खादा ओडाएर र सम्मान पत्र दिएर सम्मान गर्नु भएको थियो । साथै सोही अवशरमा संस्थालाई सहयोग गर्ने निजगढस्थित बर्षा स्टोरका रवि बर्तौला, निर्माण व्यवसायी संघ निजगढका अध्यक्ष खडगराज मैनाली लगायतलाई पनि सम्मान गरिएको थियो । कार्यक्रममा अध्यक्ष मैनाली, गरिमा एण्ड मल्टी कम्पनी प्रालिका संचालक रमेशकुमार कार्की र विष्णु गोपाल रिसाल लगायतले संस्थालाई १० हजार १ सय १ रुपैया प्रदान गर्नु भएको थियो । अन्य दाताहरुले संस्थालाई आर्थिक र भौतिक सामाग्री समेत उपलव्ध गराएका थिए । ०७३ सालमा स्थापना भएको यो संस्थाले निजगढ नगरपालिका र आसपासका १७ अनाथ बालबालिकाहरुलाई गाउँमै राखेर शिक्षा प्रदान गर्दै आएको छ । गरिव तथा अनाथ बालबालिको हक हित र संरक्षणको लागि संस्थाले काम गर्दै आएको अध्यक्ष अधिकारीले बताउनु भयो ।

Biraj paints Nijgadh 9855021190

About Nijgadh.com