Breaking News
Home / स्थानिय समाचार / सगरमाथा साकोसको १८ औ बार्षिक साधारण सभा सम्पन्न

सगरमाथा साकोसको १८ औ बार्षिक साधारण सभा सम्पन्न

निजगढ डट कम , १९ कार्तिक

सगरमाथा बचत तथा ऋण सहकारी संस्था लिमिटेड निजगढ न.पा. ७ को १८ औ बार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघका अध्यक्ष डि.बि .बस्नेतको प्रमख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो  भने बिशिष्ट आतिथ्यतामा जितपुर सिमरा उपमहानगरपालिका नवनिर्वाचित मेयर डा. कृष्ण पौडेल, निजगढ नगरपालिकाका मेयर सुरेश कुमार खनाल निजगढ नगरपालिकाका कार्यकारी अधिकृत भरतचन्द्र अधिकारी साथै निजगढ नगरपालिकाका नवनिर्वाचित १३ वटै वडाका वडा अध्यक्षहरु र केही वडाका सदस्यहरु लगायतको उपस्थिती रहेको थियो । उपस्थित दोय मेयर सम्पूर्ण वडाका अध्यक्षहरु र संस्थाका असल ऋणी , जेष्ठ नागरिक,उत्कृष्ठ बाल बचत, उत्कृष्ट शेयर सदस्य र उत्कृष्ठ कर्मचारी लगायतलाई दोसला वडाई मायाको चिनो मार्फत सम्मान गरिएको थियो ।

सो संस्थाको साधारण सभामा संचालक समितिको तर्फबाट अध्यक्ष भोला प्रसाद गौतम नै सर्वसम्ममा चयन हुनु भएको छ भने उपाध्यक्षमा निवर्तमान सदस्य रमा मैनाली सर्वसम्मत मै चयन हुनु भएको छ भने, सचिवमा निवर्तमान सचिव बोधनाथ चौलागाइ नै चयन हुनु भएको छ   र कोषाध्यक्ष तर्फबाट बच्चुराम लामिछाने हुनु भएको छ भने नयाँ संचालक समिति तर्फबाट शिव प्रसाद श्रेष्ठ, समुन्द्र नेपाल, हरिमैया उपाध्याय पोखरेल लगायत पदाधिकारीहरु निर्वाचित हुुनु भएको छ । र त्यसै गरि लेखा समितिमा नवनिर्वाचित लेखा सदस्य महेश्वर राय लेखा संयोजक पदमा चयन हुनु भएको छ भने लेखा सदस्यमा २ नयाँ सदस्य मुक्तिनाथ अधिकारी र चण्डिका उप्रेती चयन हुनु भएको निर्वाचित संयोजक नागेन्द्र साहले बताउनु भयो । कार्यक्रम  उद्योग वाणिज्य संघको सभाहलमा भएको थियो ।

हेरौ कसरी सम्पन्न भयो साधारण सभा पुरा भिडियो

sagarmatha sadaransava

Biraj paints Nijgadh 9855021190

About Nijgadh.com