Breaking News
Home / समाचार / चितवनमा बिक्रम पाण्डेलाइ अर्को ठुलो झड्का : राप्रपाका २ सय कार्यकर्ता माअ‍ोवादी केन्द्रमा प्रवेश

चितवनमा बिक्रम पाण्डेलाइ अर्को ठुलो झड्का : राप्रपाका २ सय कार्यकर्ता माअ‍ोवादी केन्द्रमा प्रवेश

bikram-pandey jataka-prachanda

चितवन, २३ कात्तिक – चितवन–३ का प्रत्यासी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रतिद्धन्दी राप्रपा (प्रजातान्त्रिक) का बिक्रम पाण्डे थप कमजोर बनेका छन् ।

विहीबारमात्र राजेश कुमालको नेतृत्वमा चितवन जिल्लाका राप्रपा (प्रजातान्त्रिक) का २ सय युवाहरु बाम गठबन्धनमा प्रवेश गरेको दावी प्रचण्डको सचिवालयले गरेको छ ।

अनेमसंघ र अनेमसंघ (क्रान्तिकारी) को संयुक्त चितवन जिल्ला भेला हुँदै गर्दा बिहीबार दिउँसो राप्रपा (प्रजातान्त्रिक) का २०० युवाहरु बाम गठबन्धनमा प्रवेश गरेका हुन् ।

युवाहरुलाई माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमालेका स्थायी समिति सदस्य सुरेन्द्र पाण्डले बाम गठबन्धनमा गठबन्धनमा प्रवेश गरेकोमा स्वागत गरेका थिए ।

बाम गठबन्धनमा प्रवेश गरेका कुमालले बिक्रम पाण्डेबाट चितवनको विकास र देशको नेतृत्व सम्भव नभएकाले आफू बाम गठबन्धनमा बताएका थिए ।

Biraj paints Nijgadh 9855021190

About Nijgadh.com