Home / समाचार / बद्री पंगेनी राजन भट्टराईको प्रचारमा आयो राजन दाइ आयो, जनता ठग्ने फटाहा छेउ लाग्यो

बद्री पंगेनी राजन भट्टराईको प्रचारमा आयो राजन दाइ आयो, जनता ठग्ने फटाहा छेउ लाग्यो

आयो आयो राजन दाइ आयो, जनता ठग्ने फटाहा छेउ लाग्यो
विकास गर्न आश्वासन बाँड्ने जति नि पाइन्छ, ४ न. क्षेत्रको विकास गर्न राजन नै चाहिन्छ’

बिहिबार बिहान चाबहिलको ए–वान पार्टी प्यालेसमा लोक गायक बद्री पंगेनीले काठमाडौं–४ का वाम उम्मेद्वार डा. राजन भट्टराईमाथि यो गीत गाए । उनकै भाषामा आयोजक एमाले राजधानी मजदुर बिशेष इलाका–४ ले उनलाई निम्ता दिएको थिएन ।

त्यहाँ श्रमिक भेला आयोजना गरिएको थियो, जसका प्रमुख अतिथि थिए एमाले अध्यक्ष केपी शर्मा ओली । ओली कार्यक्रममा आइनपुग्दै गायक पंगेनी भने देशको बिकास र समृद्धिका लागि वाम उम्मेद्वारलाई जिताउन आग्रद गर्दै थिए । एमालेमाथि विश्वास रहेको भन्दै त्यसको आधार भनेको केपी शर्मा ओली नेतृत्वको सरकारले गरेका काम भएको उनले वताए ।

‘मलाई आयोजकले बोलाउनु भएको होइन । मैले यो कार्यक्रम थाहा पाएँ । डा. राजन भट्टराई दाइलाई जिताउनुपर्छ भनेर नबोलाए पनि आएको हुँ’ सरप्राइज प्रवेशको सुरुमै उनले भने ।

राजनलाई किन जिताउने ? आफैं प्रश्न राख्दै पंगेनीले जवाफ दिए –‘उहाँ भिजन भएको, राष्ट्रिय अन्तर्राष्ट्रिय छवी भएको व्यक्ति हुनुहुन्छ । उहाँ काठमाडौं खाल्डोमा मात्र बस्नुभएको छैन, देशविदेश सबैतिरका विकासको अध्ययन गर्नुुभएको छ ।’

स्थानीय निर्वाचनमा ‘मै पनि एमाले, सैं पनि एमाले’ शीर्षकको चर्चित चुनावी गीत ल्याएर प्रशंसा बटुलेका उनले प्रदेशसभा र प्रतिनिधिसभाका लागि समेत गीत गाएका छन् ।

आफू एमाले नभएको र आफूलाई केही नचाहिएको तर २०५१ सालदेखि नै एमालेकै गीत गाउँदै आएको प्रसंग स्झिक्दै गायक पंगेनीले भने, ‘मलाई व्यक्तिगत केही चाहिएको छैन, मलाई देशमा स्थायित्व, विकास र समृद्धि चाहिएको छ । एमालेले नेतृत्व गरेको वाम शक्तिले नेपाललाई स्थायित्व दिने विश्वास मेरो छ ।’

उनले वाम उम्मेद्वारहरुलाई अत्यधिक बहुमतका साथ विजयी गराउन सकेमा मात्र मुलुकले स्थायी सरकार पाउने भन्दै त्यसका लागि आव्हान गरे । उनले राजन भट्टराई सक्षम, योग्य र बौद्धिक व्यक्तित्व भएको भन्दै निर्वाचन अभियानमा जाँदा आफ्नो प्रचारमा लाग्न पार्टीको नीति, कार्यक्रम र दृष्टिकोणका साथ मत माग्न सुझाव दिए ।

‘गगन थापाको भाषणको पछि नलाग्नुहोस् । के के भाषण गर्नुहोला । तपाईं आफ्नो प्रचारमा लाग्नुहोस्’ गायक पंगेनीले भने– ‘तपाईलाई मेरो शुभकामना छ । तपार्इंले निर्वाचन जितेर क्षेत्र र देशको बिकास गर्नुपर्छ ।’

कार्यक्रममा नेपालको सबैभन्दा पुरानो पार्टी प्रजा परिषद् एमालेमा समाहित भएको थियो भने कांगेस, राप्रपा, राजपा र संघीय समाजवादी फोरम छाडी करिव २ सय एमाले प्रवेश गरेका थिए । प्रवेशीलाई एमाले अध्यक्ष ओलीले अबिर र मालाले स्वागत गरेका थिए

Biraj paints Nijgadh 9855021190

About Nijgadh.com