Home / समाचार / ओलीले यसरी दिए भारतलाई काउन्टर घोषणापत्र सार्वजनिक गर्दै

ओलीले यसरी दिए भारतलाई काउन्टर घोषणापत्र सार्वजनिक गर्दै

काठमाडौं, २१ कात्तिक । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिण एशियामा भारतको दादागिरी अन्त्य गर्ने संकेत गरेका छन् ।

मंगलबार वाम गठबन्धनको चुनावी घोषणापत्र सार्वजनिक गर्दै अध्यक्ष ओलीले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)लाई पुनः सक्रिय बनाउने बताए ।

सार्कको अध्यक्ष राष्ट्र नेपाललाई समेत दबाबमा पारी भारतले पाकिस्तानमा हुन लागेको शिखर सम्मेलन जबरजस्त रोकेको सन्दर्भमा पूर्व प्रधानमन्त्री ओलीले भारतलाई काउन्टर दिँदै सार्कलाई पुनः सक्रिय पारिने र पाकिस्तानमै सार्क शिखर सम्मेलन गराउन भूमिका खेल्ने बताएका हुन् ।

यो सबै काम अबको चुनावपछि वाम गठबन्धनको नेतृत्वमा बन्ने सरकारले गर्ने उनले बताए । साथै, दुबै छिमेकी (भारत र चीन)सँग सुमधुर र सन्तुलन सम्बन्ध राख्ने समेत स्पष्ट पारे । ‘हाम्रो विकासका लागि कतैतिर ढल्कदैनौं,’ ओलीले भने ।

ओलीले अहिले सार्क अफ्ठ्यारोमा रहेको र अध्यक्ष भएर पनि नेपालले भूमिका खेल्न नसकेको बताउँदै उनले भने– ‘निर्वाचनपछि यसलाई सक्रिय बनाउँछौं । तनाव हटाउने र समझदारी बढाउने मञ्चका रुपमा पुनः सदुपयोग गछौं ।’

भारत र पाकिस्तान विवादका कारण इस्लामावादमा हुने भनिएको सार्क सम्मेलन हुन सकेको छैन् । भारतले सदस्य राष्ट्रलाई प्रभावमा पारी यो सम्मेलन स्थगित गर्न बाध्य पारेको थियो । भारतले सार्कको सट्टा पाकिस्तान सदस्य नभएको (भारत, नेपाल, भुटान र बंगलादेश) विमस्टेकलाई बढी महत्व दिएको छ ।

एमाले अध्यक्ष ओलीले सार्क अध्यक्षको हैसियतले जे भूमिका खेल्नु पर्ने हो खेल्न नसकेको बताए । ‘हामी एउटा पक्षमा वा अर्काको पक्ष होइन, शान्तिको पक्षमा छौं । सम्वादमार्फत समस्या समाधानको पक्षमा छौं,’ उनले भने ।

Biraj paints Nijgadh 9855021190

About Nijgadh.com