Home / समाचार / बारामा प्रेस चौतारी र प्रेस सेन्टरको संयुक्त भेला सम्पन्न

बारामा प्रेस चौतारी र प्रेस सेन्टरको संयुक्त भेला सम्पन्न

कलैया, २९ कात्तिक : बाम गठबन्धन निकट पत्रकारको संगठन प्रेस चौतारी नेपाल बारा र प्रेस सेन्टर नेपाल बाराको संयुक्त भेला बुधवार बाराको कलैयामा सम्पन्न भएको छ ।

बाम गठबन्धनको चुनावी अभियानलाई प्रभावकारी बनाउने बिषयमा लक्षित भेलामा बोल्दै एमाले नेता एव्म पूर्वमन्त्री पुरुषोत्तम पौडेलले बाम गठबन्धनका साझा उम्मेदवारलाई बिजयी बनाउनका दुबै संगठनले एकबद्ध भई सञ्चारको क्षेत्रबाट भूमिका खेल्न आग्रह गरे ।

केन्द्रीय स्तरमा दुबै पार्टीबिच एकताको घोषणा हुने दिन नजिकिदै गर्दा जिल्लामा अब कुनै किसिमको अन्तरबिरोधको अवस्था हुन नहुने भन्दै पौडेलले बाम गठबन्धनका उम्मेरलाई जिताउनका निम्ति दुबै संगठनमा आवद्ध सञ्चारकर्मीको भूमिका अहम हुने बताए । कार्यक्रममा माओवादी केन्द्रका नेता अनिल श्रेष्ठले दुबै संगठनका पत्रकारहरुको सहयोगले गठबन्धनका साझा उम्मेदवारलाई चुनावी अभियानमा अझ सहयोग पुग्ने बताए ।

उम्मेदवारको आफ्नो योजना मतदातासम्म पु¥याउन र उम्मेदवारका गतिविधि बाहिर ल्याउनका लागि दुबै संगठनका सञ्चारकर्मीले अब योजनाबद्धरुपमा अघि बढ्नुपर्ने उनको भनाई थियो । भेलामा बारा क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा उम्मेदवार अध्यानन्द पाण्डेले बाम गठबन्धनका उम्मेदवारको जित सुनिश्चित भईसकेको भन्दै सञ्चार क्षेत्रबाट दुबै संगठनले आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्ने बताएका छन् ।

Photo Kalaiya 1

कार्यक्रममा बारा क्षेत्र नम्बर २ का उम्मेदवार शिवचन्द्र कुशवाहाले सञ्चार क्षेत्रमा सशक्त रुपमा अघि बढिरहेको दुबै संगठनको सहयोगले उम्मेदवारलाई अझ बढी चुनावी अभियानमा सघाउ पुग्ने अपेक्षा आफूले गरेको बताए । भेलामा प्रतिनिधि सभाका समानुपातिक उम्मेदवार गोपाल ठाकुर, बारा क्षेत्र नम्बर २ (२) का उम्मेदवार रामसागर यादव, बारा क्षेत्र नम्बर ३ (१) की उम्मेदवार ज्वाला साह, एमाले प्रचार बिभाग प्रमुख मनोज पौडेल, समानुपातिक उम्मेदवार महमद समिर, माओवादी केन्द्रका प्रचार बिभाग प्रमुख एवम् प्रदेश सभाका समानुपातिक उम्मेदवार भरत भण्डारी, प्रेस सेन्टरका नेता गोविन्द देवकोटालगायतले सम्बोधन गरेका थिए ।

भेलाले प्रेस चौतारी नेपालका बाराका अध्यक्ष दिवाकर भण्डारीको संयोजकत्वमा २५ सदस्यीय निर्वाचन परिचालन कमिटि गठन गरेको छ । यसैगरी जिल्लाको चार वटै क्षेत्रमा प्रचार समिति र जिल्ला स्तरीय सल्लाहकार समिति गठन गरेको छ । सल्लाहकार समितिमा प्रेस चौतारी र प्रेस सेन्टरका नेता, एमाले प्रचार बिभाग प्रमुख, माओवादी केन्द्रका प्रचार बिभाग प्रमुख रहेका छन् ।

प्रेस चौतारी नेपाल बाराका अध्यक्ष भण्डारीको अध्यक्षतामा सम्पन्न भेलाको सञ्चालन सन्तोष देउजाले गरेका थिए । भेलामा प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य प्रकाश लम्सालले स्वागत मन्तब्य राखेका थिए । भेलामा प्रेस सेन्टर बाराका संयोजक रामबाबु मेहता, नेपाल पत्रकार महासंघ बाराका अध्यक्ष कमलकुमार उपाध्याय, प्रेस चौतारी नेपालका केन्द्रीय पार्षद रमेश सुवेदी, पन्नालाल दास, जिउतप्रसाद यादवलगायत दुबै संगठन सञ्चारकर्मीको उपस्थिती रहेको थियो ।

Biraj paints Nijgadh 9855021190

About Nijgadh.com