Home / स्थानिय समाचार / प्रहरी द्वारा बारामा ५ विगाह गाँजा खेती नष्ट | यसरी भयो सम्भब | Exclusive Nijgadh TV Video

प्रहरी द्वारा बारामा ५ विगाह गाँजा खेती नष्ट | यसरी भयो सम्भब | Exclusive Nijgadh TV Video

प्रहरी द्वारा बारामा ५ विगाह गाँजा खेती नष्ट | यसरी भयो सम्भब | Exclusive  Nijgadh TV Video

बारामा प्रहरीले ठुलो परिणाममा गाँजा खेती नष्ट गरेको छ । जिल्लाका विभिन्न स्थानमा छापा मारेर गाँजा खेती नष्ट गर्ने जिल्ला प्रहरी कार्यालयले २४ कार्तिक देखि ७ अभियान नै चलाइएको हो ।अभियानकौ क्रममा प्रहरीले पुर्बी बाराको निजगढ नगरपालिकामा व्यवसायिक रुपमा लगाइएको गाजा खेती प्रहरीले नष्ट गरेको छ ।निजगढ नगरपालिकामा स्थित डम्बरपुर, रतनपुर र भक्तलालमा करिब ५ बिगाहा क्षेत्रमा लगाइएको लागुपदार्थ गाजा प्रहरी आज नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरिक्षक राजकुमार बैधवारको नेतृत्वमा खटिएको प्रहरी टोलिले गाजा फडानी पश्चात् जलाएर नष्ट गरेको छ ।मकै बारीमा गरिएको व्यावसायिक गाँजा खेती प्रहरीले फडानी गरेको छ । प्रहरीका अनुसार त्यस क्षेत्रमा केही वर्षयता स्थानीयले व्यावसायिक रुपमा नै गाँजा खेती गर्दै आएको थिए । मकै बारीमा रोपिएका गाँजा नष्ट गर्न बाराका उपरिक्षक राजकुमार बैधवारे त्यस क्षेत्रमा प्रहरी परिचालन गरी गाँजा फँडानी र नष्ट गरिएको बताए ।प्रहरीले पछिलो समय लागुऔषध नियन्त्रणमा विशेष अप्रेशन सञ्चालन गर्दै आइरहेको छ । गाजा खेती गर्ने र घर अगाडि पाईयमा कारभाही गरिने चेतावनी समेत दिएको निरिक्षक रायले बताए । बषौं देखि गाँजा खेती हुने र ठुलो परिमाणमा उत्पादन हुने यस जिल्लामा तस्करको समेत ठुलो चलखेल हुने गर्दथ्यो । गाजा नष्टगर्न ईलाका प्रहरी कार्यालय निजगढबाट १३ जना र जिल्ला प्रहरी कार्यालय बाट ४० जना प्रहरीटोलि खटिएको ई.प्र.का निजगढका प्रमुख एवं प्रहरी निरीक्षक दिपक रायले बताए ।

स्थानीयले गाजा आम्दानीको स्रोतको रुपमा लिएको र नष्ट गर्दा पिडा महसुस गरेपनि यो खेतीले दिर्घकालिन रुपमा उनीहरुकै सन्तानका लागि घातक हुने प्रहरीको भनाइ छ । आम्दानीका अन्य उपाय अपनाउन खेती गर्ने किसानलाई प्रहरीले आग्रह गरेको छ । गाँजा खेती भने धेरै बर्ष पहिले देखि हुने गरेको र जिल्लाबाट बर्षेनी २० लाख बढीको गाजा निर्यात हुने गरेको प्रहरीको अनुमान छ ।

CAMERA /PRESENTER : SAGAR GHORSAINE
EDIT : PRALAD TIMALSINA

पुरा भिडियो हेरौ ।

Biraj paints Nijgadh 9855021190

About Nijgadh.com