Home / समाचार / प्रचण्ड पुत्र प्रकाश दाहाललाइ पार्टी कार्यलय पेरिस डाडामा यसरी गरियो श्रदान्जली |पिताले दिए दाग बत्ति

प्रचण्ड पुत्र प्रकाश दाहाललाइ पार्टी कार्यलय पेरिस डाडामा यसरी गरियो श्रदान्जली |पिताले दिए दाग बत्ति

काठमाडौं, मंसिर ३ – चारवर्षअघि मात्रै पूत्री वियोगमा पर्नुभएका माओवादीका अध्यक्ष प्रचण्डलाई  फेरि अर्को बज्रपात थपिएको छ । प्रचण्डले चार वर्षको फरकमा आफ्नी जेठी छोरी र एकमात्र छोरा प्रकाशलाई पनि गुमाउनुभयो ।

प्रतिनिधिसभाको चुनावी प्रचारका लागि झापामा रहनुभएका प्रचण्ड छोराको असमायिक निधनको खबर पाएपछि काठमाडौं आउनुभयो । हेलिकोप्टरमार्फत काठमाडौं आउनुभएका उहाँ लाजिम्पाटस्थित घरमा पुगेर नर्भिक अस्पतालमा पुग्नुभएको थियो । छोराको निधनपछि पत्नी सीता दाहाललाई सम्हाल्न उहाँ विमानस्थलबाट सिधै लाजिम्पाट जानुभएको थियो । त्यसपछि उहाँ नर्भिक अस्पताल, थापाथली आउनुभएको थियो । अस्पतालमा छोराको पार्थिव शरीर देखेर उहाँ भावविह्वल हुनुभएको थियो ।

सँधै चम्किलो अनुहार लिएर विभिन्न कार्यक्रममा प्रस्तुत हुने प्रचण्डको अनुहार आइतबार भने सबैलाई रुवाउने खालको थियो । छोराको पार्थिव शरीरमा श्रद्धाञ्जली दिँदा उहाँले आफूलाई सम्हाल्ने प्रयास त गर्नुभयो । तर छोरा गुमाउँदा राजनीतिक जीवनमा कठोर संघर्ष झेलेर आएका प्रचण्डले पनि आँसु रोक्न सक्नुभएन । उहाँले आँसु लुकाउन त खोज्नुभयो तर सक्नुभएन ।  छोरा गुमाउँदाको पीडा उहाँको अनुहारमा प्रष्ट देखिन्थ्यो । छोरा प्रकाशको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जली दिदै गर्दा उहाँको आँखामा आँसु थामिएन ।

प्रचण्ड अस्पताल पुग्नुभन्दा पहिला नै प्रकाशकी जेठी श्रीमती सिर्जना अस्पताल पुग्नुभएको थियो । छोरासहित अस्पताल पुग्नुभएकी उहाँ आफ्ना श्रीमानको पार्थिव शरीरलाई देख्नासाथ बेहोस हुनुभयो । लगत्तै अस्पतालमा पुग्नुभएकी कान्छी श्रीमती बिना निकै भावविह्वल मुद्रामा हुनुहुन्थ्यो । चुनावी प्रचारका क्रममा कञ्चनपुर रहनुभएकी बिना श्रीमानको निधन भएको खवर पाएपछि काठमाडौं आउनुभएको थियो ।

नर्भिक अस्पतालबाट प्रकाशको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा लगिएको थियो । पेरिसडाँडामा माओवादीका सयौं नेता तथा कार्यकर्ता प्रकाशको पार्थिव शरीरमा श्रद्धाञ्जली दिन पुगेका थिए ।

prakas dahal dies

prakas dahal dies

चुनावी प्रचारलाई रोकेर काठमाडौं आउनुभएका बाबुराम भट्टराई पेरिसडाँडा पुग्दा एकपटक फेरि सबैलाई स्तब्ध बनाउने दृश्य देख्न सकिन्थ्यो । धेरै बेर बाबुराम भट्टराई र प्रचण्ड अँगालो हालेर रुनुभएको थियो । लामो समय सहकार्य गरेका प्रचण्ड र बाबुरामको सम्बन्ध कति प्रगाढ छ भन्ने कुरा आइतबारको दृश्यले पनि देखाउँथ्यो । पछिल्लो समय राजनीतिमा अलग धारमा भए पनि बाबुराम र प्रचण्ड दुःख सुखका साथी हुन् भन्ने कुरा आइतबार प्रष्टै देखियो । बाबुरामको अँगालोले प्रचण्डललाई केही मात्रामा भए पनि सहानुभूतिको काम गरेको थियो ।

त्यस्तै प्रकाशकी दिदी रेणु दाहाल पनि भाइको पार्थीव शरीर हेरर भावविह्वल हुनुभएको थियो । माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य र प्रचण्डका स्वकीय सचिवसमेत रहेका प्रकाशको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गर्न जानेका मात्रै होइन, आर्यघाटमा प्रचण्डले छोरा प्रकाशलाई दागबत्ती दिइरहँदा सबैका आँखा रसाएका थिए । दागबत्ती दिने बेलामा प्रचण्डले प्रकाशको अनुहार हेर्न समेत सक्नुभएन । नर्भिकदेखि बगेको उहाँको अश्रुधारा आर्यघाटमा समेत रोकिएको थिएन । प्रचण्डका सहयोगी मात्रै होइन, पार्टीमै पनि विशेष भूमिका निभाउँदै आएका प्रकाशको असामयिक निधनले दाहाल परिवारलाई मात्र होइन, सम्पूर्ण शुभचिन्तकलाई स्तब्ध बनाएको छ । 

एकपछि अर्को पीडामा रहनुभएका प्रचण्डलाई प्रकाशको अभाव सदा रहनेछ । लामो समयदेखि नेपालको राजनैतिक परिवर्तनमा विशेष भूमिका निर्वाह गरेका प्रचण्डलाई पीडाबाट बाहिर आउने शक्ति मिलोस् ।  प्रकाशको आत्मालाई शान्ति प्राप्त होस् र दाहाल परिवारमा धैर्यधारण गर्ने शक्ति मिलोस ।

Biraj paints Nijgadh 9855021190

About Nijgadh.com