Home / स्थानिय समाचार / बाम उम्मेदवार अच्युत मैनाली जनताको मर्म बुझ्न घर घरमा

बाम उम्मेदवार अच्युत मैनाली जनताको मर्म बुझ्न घर घरमा

बाम उम्मेदवार अच्युत मैनाली जनताको मर्म बुझ्न घर घरमा 

बाम गठबन्धन तर्फका एमाले उम्मेदवार अच्युत मैनाली बुधबार बाराको सीमावर्ती गाउँ सिम्रौनगढको गोलागन्ज टोलमा घरदैलो गरिरहेका थिए । नेपाली छोटी भन्सार कटेर पुगिने दशगजा छेउकै गाउँमा एमाले–माओवादी झन्डा हल्लाउँदै ट्रयाक्टर, जिप हुइँकिइरहेका थिए । भोजपुरी गीत घन्काएर लावालस्करसहित तल्लो मधेस छिरेका मैनालीको यो नै घरदैलो सुरुआत थियो ।

bam achyut mainali1

फोटो पुरुषोत्तम ओली

bam achyut mainali2

फोटो पुरुषोत्तम ओली

‘उत्तर चुरेदेखि दक्षिण सीमासम्म निर्वाचन क्षेत्र छ । कहाँबाट सुरु गर्ने भन्ने नसोची सुदूर दक्षिणतिर आइयो,’ बारा १ का उम्मेदवार मैनालीले भने, ‘एमाले मधेसविरोधी भन्ने भ्रम फैलाइएको छ । त्यसमाथि म पहाडे समुदायको, बढ्ता मन जित्नुपर्ने यतै हो । र, यो सम्बन्ध सुमधुर बनाउने अवसरसमेत भएकाले मधेसको आँगन सबैभन्दा पहिला रोजेको हुँ ।’

मैनाली सोमबार निजगढ नगरपालीकाको सिंगौल , निजगढ  गर्दै टोल-टोलमा घरदैलोमा व्यस्त देखिन्छन । जनता बाम उम्मेदवार अच्युत मैनालीलाई भोट हाल्न उत्शुक्ता देखिन्छन ।

bam achyut mainali ko

फोटो : ईन्दिप कोइराला

bam achyut mainali vote magdai

फोटो : ईन्दिप कोइराला

bam achyut mainal vote

फोटो : ईन्दिप कोइराला

bam achyut mainali

Biraj paints Nijgadh 9855021190

About Nijgadh.com